नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि
कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।
हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ हजार ३१३ रहेको छ ।
मन्त्रालयका अनुसार आजै मात्र तीन जना संक्रमितको निधन भएको पुष्टि भएको छ । पर्साका एक पुरुषको गण्डक अस्पतालमा, मोरङ विराटनगरका एक जनाको कोशी अस्पतालमा र काठमाडौं टोखाकी ४१ वर्षीय महिलाको पाटन अस्पतालमा निधन भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु