नेपालमा संक्रमितमध्ये ६६ जनाको आइसीयूमा उपचार हुँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल ६६ जना कोरोना संक्रमित आइसीयूमा उपचाररत रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका आनुसार शुक्रबार बिहानसम्म देशका विभिन्न अस्पतालमा गरी ६६ जना कोरोना संक्रमितको आइसीयूमा उपचार भइरहेको र ३ जनाको अवस्था जटिल रहेकाले भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएका छन्। डा गौतमले पछिल्लोपटक कडा खालको लक्षणसहित संक्रमित थपिएको बताउँदै यो बेला सबै सजग हुनपर्ने बताए ।
उनले देशभर २ हजार ६ सय आइसीयू बेड र ९ सय भेन्टिलेटर रहेको जानकारी दिंदै कोरोना संक्रमितकै लागि भनेर २५० आइसीयू बढाइएको पनि जानकारी दिए । डा गौतमले कोरोनाको कुनै उपचार नभएकाले आइसीयू वा भेन्टिलेटर बिरामीलाई सहज बनाउने एउटा माध्यम मात्र भएकाले संक्रमण लाग्नै नदिनतर्फ बढी ध्यान दिन आवश्यक रहेको बताए ।
शुक्रबार सम्म देशभरमा कोरोना संक्रमितको संख्या २२ हजार भन्दा बढी भइसकेको छ भने ७० जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा देखिएका संक्रमितमध्ये ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेर समूहका रहेको पनि मन्त्रालयले जनाएको छ । कडा खालका लक्षण देखिएर धेरैलाई अस्पालमा आइसीयूमा राख्नुपर्ने भएमा बेडको अभाव हुनसक्ने बताउँदै उनले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै अत्यावश्यक नभएसम्म घरबाहिर ननिस्कन आग्रह समेत गरे ।
मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ३३० जना सक्रिय संक्रमित रहेका छन् भने १५ हजार ८१४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु