विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नजिक, ७ लाख २४ हजारले गुमाए ज्यान

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार शनिबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख ४२ हजार ६२६ पुगेको छ । यसैगरी हालसम्म ७ लाख २४ हजार ७५ जनाले ज्यान गुमाइसकेका छन्।
गत २४ घण्टामा मात्रै २ लाख ७४ हजार नयाँ संक्रमित थपिएका छन् भने ६ हजार २१५ जनाको कोरोनाबाट मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार १ करोड २५ लाख संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। विश्वमा अहिले पनि ६२ लाख ६७ हजार भन्दा बडी सक्रिय संक्रमित रहेको बताइएको छ । हालसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । अमेरिकामा मात्रै झण्डै ५१ लाख मानिसमा संक्रमण पुष्टि भएको छ भने १ लाख ६४ हजार बढीले ज्यान गुमाएका छन्।
अमेरिकापछि ब्राजिल र भारत प्रभावित भएको पाइएको छ । ब्राजिलमा हालसम्म २९ लाख ६७ हजार मानिसमा संक्रमण देखिएको छ भने झण्डै १ लाख मानिसले ज्यान गुमाएका छन्। यसैगरी भारतमा २० लाख ८६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४२ हजार ५७८ जनालको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उता नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ । हालसम्म नेपालमा २२ हजार बढीमा संक्रमण देखिएको छ भने ७० जनाले ज्यान गुमाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु