पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज महामनगरपालिका–९ माइस्थानका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले पुष्टि गरेका छन्। डा शर्माले बिहीबार नै नेपाली सेनाले उनको शवको व्यवस्थापन समेत गरिसकेको बताए ।
वीरगञ्जबाट आएर पाटन अस्पतालमा साउन १७ गते भर्ना भएका उनी आइसीयूमा उपचाररत थिए । उपचारकै क्रममा बिहीबार उनको मृतयु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी भएको डा शर्माले जनाएका छन्। उनको काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट टेसिङ गर्दा उनकी ५५ वर्षीय दिदीमा पनि कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
हाल पाटन अस्पतालमा ७२ जना संक्रमितको उपचार भइरहेको पनि डा शर्माले जानकारी दिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु