नेपालगञ्जमा एक चिकित्सकसहित थप २८ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा आज एक जना चिकित्ससहित थप २८ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ ।
अस्पतालले बिहिबार साँझ विज्ञप्ति जारी गर्दै गत ४८ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा एक जना चिकित्सकसहित थप २८ जना, बर्दियाका १३ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । कोरोना संक्रमण हुने चिकित्सक नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत रहेको बताइएको छ ।
गत ४८ घण्टामा ५९० जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । नेपालगंजमा कोरोना समुदायमा फैलिएको भन्दै गत आइतबारदेखि शनिबारसम्मका लागि लकडाउन गरिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु