काठमाडौं उपत्यकामा थप ८७ जनासहित ३६० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा ८७ जनासहित ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंसहित ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । यसैगरी बिहीबार २३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ ।
पछिल्लो समय काठमाडौंमा संक्रमितको संख्या बढ्दै गएकोमा आज पनि काठमाडौं जिल्लामा ७६ जना, ललिपुरमा १० जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु