गण्डकी प्रदेशका थप ९ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : गण्डकी प्रदेशमा बिहीबार थप ९ जना नयाँ संक्रमित थएिका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आजै दोस्रो पटक विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । आज बिहानै ६:३० बजे ११ जनामा कोरोना देखिएको भन्दै विज्ञप्ति जारी गरेको थियो
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ७५ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ४ जना, स्याङ्जाका २ जना, पर्वतका १ जना तनहुँका १ जना र गोरखाका १ जना रहेका छन्।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु