प्रदेश २ का कानून मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रदेश नम्बर २ का एकजना मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार गरिएको परीक्षणमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौंबाट गएर साउन १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट पोजेटिभ आएको बताइएकाे छ ।
यादव अहिले मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु