Health TV Online
Health TV Online
Health TV Online

संक्रमित स्टाफ नर्सले नै पाएनन उचित आइसोलेसन, अस्पतालले बेवास्ता गरेको आरोप

संक्रमित स्टाफ नर्सले नै पाएनन उचित आइसोलेसन, अस्पतालले बेवास्ता गरेको आरोप

 हेल्थ टिभी अनलाइन\ काठमाडौं : यतिबेला कोरोना महामारीको अग्रपंङ्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई नै आइसोलेसनको समस्या हुन थालेको छ ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका थप  १३ जना कर्मचारीमा गत मंगलबार साउन २० गते कोरोना संक्रमण पुष्टि भएपछि यो समस्या आएको हो । यी मध्ये अस्पतालका ६ जना स्टाफ नर्स रहेका छन् । स्टाफ नर्सहरुमा कोरोना पुष्टि भएपछि पनि उनीहरुलाई आइसोलेसनको छुट्टै व्यवस्था नगरी पुरानै संक्रमितसँग बस्न अस्पतालले दवाव दिएको उनीहरुरुको आरोप छ ।

आइसोलेसनमा यसै पनि बेड भरिभराउ भएको र निको हुन लागेका संक्रमितसँग सँगै बस्दा उल्टो उनीहरुलाई संक्रमण हुनसक्ने भन्दै विरोध गर्दा अस्पतालले धम्की दिएको नर्सहरुको आरोप छ । स्टाफ नर्सहरुले अस्पतालमा कोरानासँग मिल्ने लक्षण भएका बिरामी आउँदा पनि पीपीई नदिंई उपचारमा खटाउँदा आफूहरु संक्रमित हुन पुगेको बताएका छन्। उनीहरुले एकै स्वरमा भने, ‘हामी आफनो सेवामा हुँदा संक्रमित भयौं त्यसमा कुनै गुनासो छैन् तर अब त बस्ने खाने उचित व्यवस्था हुनु पर्यो नि । त्यसको पनि व्यवस्था नहुने हो भने हामी ज्यान जोखिममा राखेर के का लागि र कसका लागि कामा गर्ने त ?’ उनीहरुले प्रश्न गरे ।

उता कोभिड -१९ अस्पताल जनकपुरका संयोजक डा जामुन शाहले भने उनीहरुको व्यवस्थापनमा केही समस्या भएको भए पनि छिटै समस्या समाधान हुने बताए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना