Health TV Online
Health TV Online
Health TV Online

गंगालाल अस्पतालमा आज साँझ थप १२ जना कर्मचारीमा कोरोना पुष्टि

संक्रमित हुनेमा स्टाफ नर्सदेखि सरसफाई कर्मचारीसम्म

गंगालाल अस्पतालमा आज साँझ थप १२ जना कर्मचारीमा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा थप १२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पताल स्रोतका अनुसार यसअघि कोरोना पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्दा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि हुनेहरुमा स्टाफ नर्सदेखि सरसफाई कर्मचारी र सुरक्षा गार्डसम्म रहेका छन्।  स्थायी कर्मचारीलाई अस्पतालले आफनै आइसोलेसन सेन्टरमा राखेको छ भने अन्य संक्रमितलाई भने किर्तिपुर र केएमसी अस्पतालको आइसोलेसन सेन्टर दुवाकोट लैजाने तयारी भएको बताइएको छ ।

यसअघि पनि गंगालाल अस्पतालमा बिरामी, नर्स एवं चिकित्सकमा कोरोना देखिएको थियो । त्यसो त पछिल्लो समय अस्पतालमा उपचार गराउन आउने बिरामी र स्वास्थ्यकर्मीमा नै बढी संक्रमण देखिन थालेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना