काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्दो, आज पनि थपिए ६२ जना

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा संक्रमितको संख्या थपिने क्रम रोकिएको छैन्।
आज पनि काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विभिन्न अस्पताल एवं प्रयोगशालामा गरिएको परीक्षणमा ६२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए ।
डा गौतमका अनुसार बुधबार संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ५७ जना र ललितपुरका ५ जना रहेका छन्। आज भक्तपुरमा भने संक्रमित फेला परेनन्। योसँगै बुधबार देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३० जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु