गंगालाल अस्पतालका चिकित्सक, नर्स र बिरामीसहित ६ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय ह्दय केन्दका चिकित्सक, नर्स र बिरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार अस्पतालमा कार्यरत एक जना चिकित्सक, एक जना नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।
यसैगरी मुटुको उपचारका लागि भर्ना भएका ३ जना बिरामीमा पनि कोरोना पुष्टि भएको छ । बिरामी संक्रमितलाई पाटन अस्पतालको आइसोलेसनमा पठाइएको र संक्रमित चिकित्सक, नर्स र ल्याबका कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखिएको बताइएकाे छ । यसबारेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले गंगालाल अस्पतालमा कोरोना पोजेटिभ देखिएको पुष्टि गर्दै कतिजना भन्ने आफूलाई एकिन जानकारी नभएको बताए । उनले भने,’ कोरोना पोजेटिभ देखिएर केहीलाई पाटन अस्पताल लगिएको छ तर ठ्याक्कै कति संख्या भन्ने चाहिं याद भएन ।’
यसअघि पनि गंगालाल अस्पातलमा उपचाररत बिरामी र सुरक्षागार्डमा कोरोना पुष्टि भएको थियो । साथै गंगालाल अस्पताल अघि रहेकाे रेस्टुरेन्ट सञ्चालकलाई कोरोना पुष्टि भएपछि उनको कन्टयाक्टमा आएका परिवारको परीक्षण गर्दा परिवारका ३ जना सदस्यलाई पनि कोरोना पुष्टि भएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु