काठमाडौं भित्रिने नाकाबाट संकलन गरिएका स्वाबमध्ये ४० जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं भित्रिने मुख्य तीन नाकाबाट संकलन गरिएको स्वाब मध्ये ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संकलित नमुनामा ४० जनामा कोरोना देखिएको बताएका हुन्। उनका अनुसार लकडाउनपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, साँगा र फर्पिङबाट १० हजार ८५्३ वटा नमुना संकलन गरिएकोमा ४० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
सरकारले कोरोना संक्रमणको अवस्था बुझ्नका लागि लकडाउन खुलेपछि विभिन्न जिल्लाबाट उपत्यका भित्रिनेहरुको नमुना संकलन गरेको थियो । यसरी संकलन गरिएका नमुना मध्ये नागढुंगामा १६ जना, साँगामा १३ जना र फर्पिङमा ११ जनामाा कोरोना देखिएको डा गौतमले बताए ।
छोकडा खानुका यी हुन् फाइदा
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालनमा
छुटेका बालबालिकालाई खोप लगाइँदै
नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
ह्याम्स अस्पतालको स्वास्थ्य सरोकार बहस, गुणस्तरीय सेवामा जोड