Health TV Online
Health TV Online
Health TV Online

काठमाडौंमा कोरोनाको जोखिम बढेपछि मन्त्रालयले तोक्यो १४ वटा अस्पताललाई स्वाब संकलन केन्द्र

काठमाडौंमा कोरोनाको जोखिम बढेपछि मन्त्रालयले तोक्यो १४ वटा अस्पताललाई स्वाब संकलन केन्द्र

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमणकाे जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाब संकलन गर्नका लागि १४ वटा अस्पताललाई तोकेको छ ।

मन्त्रालयले मंगलबार सूचना जारी गर्दै उपत्यकाका १४ अस्पतालमा गएर बिहान ९ बजेदेखि १ बजेसम्म स्वाब दिन सकिने जनाएको छ । अबदेखि कसैलाई कोरोनाको आशंका लागेमा वा कोरोना संक्रमित भएका स्थानबाट आएकाहरुले निम्न अस्पतालमा गएर स्वाब दिन सक्नेछन्। ती अस्पतालहरु यसप्रकार छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगंज, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सिभिल अस्पताल, भक्तपुर अस्पताल, नेपाल प्रहरी अस्पताल, बिरेन्द्र सैनिक अस्पताल, प्रसुती गृह, वीर अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल रहेका छन्। यसैगरी निजीबाट ह्याम्स अस्पताल, स्टार अस्पताल र केएमसी अस्पतालमा गएर कोरोना परीक्षणका लागि स्वाब दिन सकिने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना