अमेरिकामा संक्रमितको संख्या ४८ लाख ६२ हजार नाघ्यो, २४ लाखले जिते कोरोना

हेल्थ टिमी अनलाइन\ काठमाडौं: कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ ।
अहिलेसम्म बढी संक्रमित र मृत्यु संख्या अमेरिकामा देखिएको छ । वर्ल्डोमीटरका अनुसार अमेरिकामा हालसम्म ४८ लाख ६२ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी १ लाख ५८ हजार बढी संक्रमितको मृत्यु भइसकेको छ । गत २४ घण्टामा मात्रै त्यहाँ ४८ हजार ६२२ जना नयाँ संक्रमित थपिएका छन् भने ५६८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
अमेरिकामा हालसम्म संक्रमितको ५० प्रतिशत अर्थात २४ लाख ४६ हजार बढी मानिसले कोरोना जितेर डिस्चार्ज भएका छन्। अमेरिकामा न्यूयोर्क र क्यालिफोर्निया बढी प्रभावित बनेको पाइएको छ । अमेरिकापछि ब्राजिल र भारतमा बढी संक्रमित रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु