काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा सोमबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल र स्टार अस्पतालमा गरिएको परीक्षणमा उनीहरुका कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४३ , भक्तपुरका ५ र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसहित आज मात्रै नेपालभर ४१८ जनामा कोरोना पुष्टि भएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु