भेरी अस्पतालमा गरिएको परीक्षणमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले सोमबार बिहान विज्ञप्ति जारी गर्दै एक जना स्थानीय जनप्रतिनिधिसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । अस्पताल स्रोतका अनुसार नेपालगञ्ज वडा नम्बर एकका जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोमबार गरिएको परीक्षणमा नेपालगञ्जका २ र रुकुम पूर्वका का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा कोरोनाको आशंकामा १९५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ९ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु