पुरुषहरु परिवार नियोजनकाबारेमा चिन्तित नभएको अध्ययनको निष्कर्ष

कल्पना आचार्य \काठमाडौं : अधिकांश पुरुष परिवार नियोजनकोवारेमा चिन्तित नभएको अध्ययनले जनाएको छ । टिमोर लिस्टेमा गरिएको एक अध्ययनमा त्यहाँका पुरुषहरु आफूले परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ भन्नेमा चिन्तित नदेखिएको अध्ययनमा पाइएको हो । कमै पुरुषले मात्र आफूले परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा कस्तो अवस्था छ र यसलाई विकास गर्न के गर्नुपर्छ भन्ने पत्ता लगाउनका लागि अध्धयन गरिएको थियो ।
सो अध्ययनको रिपोर्ट दशौं ‘एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेस्सुअल हेल्थ एण्ड राइट्स’ नामक वेभिनारमा अध्ययनकर्ता एवं टिमोर लिस्टे मेरी स्टोप्सकी म्यानेजर हेलन हेन्डरसनले प्रस्तुत गरेकी थिइन्।
उक्त अध्ययनमा टिमोर लिस्टेका १८ देखि ७२ उमेर समूहका १७५ जना महिला तथा पुरुषलाई सहभागी गराइएको थियो । ७ वटानगरपालिकाका २४ जना स्वास्थ्यकर्मीलाई पनि उक्त अध्ययनमा सहभागी गराइएको थियो । अध्ययनमा २५ प्रतिशत महिलाको परिवार नियोजनको साधनमा पहुँच नै नभएको देखिएको छ । २४ प्रतिशतम महिलाले मात्र आधुनिक परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको थियो ।
सहभागीहरुले पुरुष परिवार नियोजनका वारेमा बताउन नसकेको पनि अध्ययनले जनाएको छ । कण्डम र भेक्सेटोमीका बारेमा पनि सहभागी मध्ये कमैले यसबारे कुरा गरेको अध्ययनम उल्लेख छ । अध्ययनले परिवार नियोजन भनेको महिलाले मात्र प्रयोग गर्ने भनेर बुझेको अध्ययनले निष्कर्ष निकालेको छ । समूदायमा पुरुष परिवार नियोजनकाबारेमा छलफल नहुने गरेको देखिएको छ । पुरुषहरु बच्चा जन्माउने र जन्मान्तरका लागि छलफल गर्न स्वास्थ्य संस्थामा खासै नजाने गरेको पनि अध्ययनले देखाएको छ । यो काम महिलाको हो भन्ने धारणा रहेको देखिएको छ ।
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै
सुर्तीजन्य पदार्थको प्याकेटमा शत प्रतिशत चित्र छाप्न रोक्ने उद्योग मन्त्रालयको पत्र विरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश
नेपाली औषधिको बजार बिस्तार हुँदै, पाँच उद्योगको कारोबार २ सय ५० करोड भन्दा माथि
छोकडा खानुका यी हुन् फाइदा
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालनमा