कोरोनाको भ्याक्सिन निर्माणमा पहिलो चरणको सफलता मिलेको अक्सफोर्ड विश्वविद्यालयको दाबी

हेल्थ टिभी अनलाइन : कोरोना भाइरसको भ्याक्सिन बनाउने कार्यमा ठूलो सफलता मिलेको दाबी अक्सफोर्ड विश्वविद्यालयले गरेको छ। विश्वविद्यालयले तयार गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनले मानिसमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने दाबी गरिएको छ।
अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको हो ।
एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि सेलहरू बनाउन सकेको थियो।
यी परिणामहरू एकदमै सकारात्मक भएको तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन।
यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ। यो खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो।
उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा सङ्क्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको देखिनेू गरी बनाइएको छ। यो खोप सुरक्षित छ तर त्यसका केही ुसाइड इफेक्टु अर्थात् असरहरू छन्।
त्यस्ता असरहरू खतरनाक भने छैनन्। तर परीक्षणमा सहभागी ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिएका थिए।
त्यसलाई प्यारासिटामोल खाएर नै ठीक गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।
अक्सफर्ड अनुसन्धान समूहका प्राध्यापक एन्ड्र्यू पोलार्डका अनुसार रोगप्रतिरोधात्मक प्रणालीले भाइरसलाई सम्झनेछ ताकि खोपले मानिसहरूलाई लामो समयसम्म सुरक्षित राख्न सकोस्। तर उनले थप अनुसन्धान आवश्यक रहेकोमा जोड दिए।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै