Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

दिगो विकास लक्ष्य पूरा गर्न यौन तथा प्रजनन स्वास्थ्यलाई केन्द्रमा राखिनुपर्नेमा विज्ञको जोड

दिगो विकास लक्ष्य पूरा गर्न यौन तथा प्रजनन स्वास्थ्यलाई केन्द्रमा राखिनुपर्नेमा विज्ञको जोड

कल्पना आचार्य\काठमाडौं: कोरोनाको महामारीका कारण धेरै स्वास्थ्य सेवाहरु प्रभावित भए जस्तै यौन तथा प्रजनन स्वास्थ्य सेवामा पनि असर गरेको विज्ञहरुले बताएका छन्। सोमबार भर्चुअल रुपमा गरिएको दशौं ‘एसिया प्यासिफिक कन्फ्रेन्स अन रिप्रडक्टिभ एण्ड सेस्सुअल हेल्थ एण्ड राइट्स’ नामक वेभिनारमा प्राध्यापक क्यारोलिन होमरले कोरोनाका कारण भएको लकडाउनले धेरै महिला स्वास्थ्य संस्थासम्म जान नसकेको बताएकी छिन्। मिडवाइफ समेत रहेकी उनले प्रजनन स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य पूरा गर्नका लागि कोरोना महामारीकै बेला पनि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई केन्द्रमा राखिनुपर्नेमा जोड दिएकी हुन्।

उनले कोरोना भन्दैमा महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा ध्यान नदिंदा यसले भोलि ठुलो असर गर्ने बताइन्। उनले भनिन, यो अवस्थामा सम्बन्धित निकायले पनि प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन, नियमित गर्भनिरोधक साधनको उपलब्धतामा ध्यान दिनुपर्छ, यो उनीहरुको अधिकार हो ।

वेभिनारको प्लेनरी सेसनमा बोल्दै उनले यौन तथा प्रजनन स्वास्थ्य अधिकार दिगो विकास लक्ष्य पूरा गर्नका लागि अत्यन्त आवश्यक रहेको भन्दै यसलाई स्थापित गर्न महिला पुरुष सबै लाग्नुपर्ने बताइन्। उनले भनिन, यो महिलाको मात्र विषय होइन पुरुषको मात्र पनि हैन्। यो महिला पुरुष दुबै मिलेर गर्नुपर्ने विषय हो । किनकी यो महिलाको यौन तथा प्रजनन स्वास्थ्यसाग मात्र जोडिंदैन यसले नवजात शिशु, बालबालिका र किशोरकिशोरीको स्वास्थ्यका लागि र समाजको आर्थिक उन्नतिका लागि पनि कुरा गर्छ । एसिया प्यासिफिक क्षेत्रमा यौन तथा प्रजजन स्वास्थ्य अधिकारका विषयमा धेरै चुनौती भएको भन्दै यस विरुद्ध सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाई छ । उनले भनिन, सबैँ देशका आ आफ्नै खालका बाध्यता र समस्या छन् तर सँगै मिलेर काम गरेमा परिवर्तन सम्भव छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा अझै पनि ३ करोड महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माउँदैनन् । ४ करोड ५० लाख महिलाले एन्टिनेटल केयर लिन स्वास्थ्य संस्था नै पुग्दैनन्। २ अर्ब महिला गर्भवती हुन चाहँदैनन तर गर्भनिरोधक साधन प्रयोग गरिरहेका छैनन्। ३ करोड ५० लाख महिला असुक्षित गर्भपतन गर्न बाध्य छन्। यसैगरी महिला र पुरुषगरी ३ अर्ब ५० करोडलाई यौनसम्बन्धी रोगको उपचार चहिएको छ । तर पाइरहेका छैनन्। यही विचमा परिवार नियोजनका साधनको उपलब्धता नहुँदा २ करोड मानिस एचआइभीबाट पीडित हुन्छन्। एक तथ्यांकअनुसार तीन जना महिलामा एक महिलाले यौन तथा प्रजनन् हिसां भोगेका हुन्छन्। विश्वमा २६ लाख ६ हजार महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ । जबकी यो खोप मार्फत रोक्न सकिन्छ ।

उनले भनिन, ‘कोभिड १९ को असरले महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा निकै असर पर्न थालेको छ । प्रसुती सेवा लिन गाह्रो भएको छ । कोभिड- १९ का कारण धेरै स्वास्थ्य सेवा बन्द भएका छन्। सुरिक्षत गर्भपतन हुन सकेको छैन्। यसले अझ बढी समस्या निम्त्याउने देखिन्छ ,कोभिडको समयमा कसरी काम गर्ने भनेर गाइडलाइन्स बनेका छन् परिवर्तित संरचना अनुसार काम गर्नुपर्छ ।

प्रजनन स्वास्थ्यसम्बन्धी संयुक्त राष्ट्र संघीय दिगो विकास लक्ष्य पूरा गर्न सदस्य राष्ट्रहरुले २०३० को अन्त्य सम्ममा मातृमृत्यु दर प्रति एक लाखमा ७० भन्दा कम पुर्याउनुपर्नेछ । यो सन्दर्भमा कोरोना महामारीका कारण सेवाहरु अवरुद्ध हुँदा लक्ष्यमा पुग्न गाह्रो हुन भन्दै वेभिनारमा विज्ञहरुले चिन्ता र चासो व्यक्त गरेका थिए ।

वेभिनारमा सिसेलिया रोथले परिवार नियोजन र कोभिड १९ का सम्बन्धमा प्रस्तुकीकरण दिएकी थिइन्। यसैगरी भियतनामकी अनुसन्धानकर्ता थान हइले यौन शिक्षा विद्यालय तहदेखि नै दिइनुपर्नेमा जोड दिएकी थिइ्न। योसँगै वेभिनारमा जनसंख्या र बसाई सराई, किशोरकिशोरीमा देखिने डिप्रेसन लगायतका विषयमा विज्ञहरुले राय राखेका थिए। १४ वटा सेसनमा हुने वेभिनारमा यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका विभिन्न विषयवस्तुमा छलफल हुनेछ ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि