Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम

स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग नियन्त्रण सम्बन्धी तालिम

हेल्थ टिभी अनलाइन : काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेवल डिजिज–पेन)  सम्बन्धी ४ दिने तालिम सुरु गरेको छ । महानगरपालिकाका स्वास्थ्य प्रवर्धन केन्द्रमा कार्यरत डाक्टर, मेडिकल अफिसर, क्लिनिक इञ्चार्जहरुका लागि उक्त तालिम आयोजना गरिएको हो ।

महानगरपालिका भित्रका अस्पतालहरु सरकारी, सामुदायिक, निजी, स्वास्थ्य केन्द्रहरुमा गएको ६ महिनाभित्र उपचारका लागि गएका विरामीहरुको संख्या हेर्दा सबैभन्दा धेरै मधुमेह २१ हजार ४३५ जना का विरामी छन् । यसपछि हाइपरटेन्सन १९ हजार ६९२ जना, श्वासप्रश्वास सम्बन्धी ९११ हजार २११ जना , दाँत सम्बन्धी ९१० हजार १ सय जना, आँखा सम्बन्धी रिफ्राक्टिभ इरर ९१० हजार २६ जना, दाँत दुख्ने विरामी ९९ हजार २ जना, ज्वरो आउने ९८ हजार २४० जना, पेट सम्बन्धी समस्या भएका ९७ हजार ५१५ जना, युरिनरी ट्र्याकको इन्फेक्सन भएका ९६ हजार २०७ जना विरामीले उपचार लिएका छन् । यो तथ्याङ्क डिष्ट्रिक्ट हेल्थ इन्फरमेसन सिस्टम ९डीएचआइएस० मा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ओपीडी सेवा सञ्चालन हुने स्वास्थ्य संस्थाबाट भरिएको हो । तथ्याङ्ककाबारेमा स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन भन्छिन, ‘यस्ता समस्या समाधानका लागि औषधिको मात्रासँगै स्वस्थ्यकर जीवन र खानपानका लागि परामर्श आवश्यक पर्छ । यसकारण विरामीको जाँच गर्ने र औषधि प्रदान गर्नेहरुका लागि तालिम आयोजना गरिएको हो ।’

प्रणालीमा गएको बर्षको अङ्क हेर्दा काठमाडौं महानगरपालिका अस्पतालहरुमा उपचारका लागि गएका २ लाख ९७ हजार ९०९ जना नसर्ने खालको रोगसँग सम्बन्धित थिए । यसमध्ये मधुमेहका विरामीको संख्या सबैभन्दा धेरै ९३२ हजार ३७५ जना थियो । यसपछि हाइपर टेन्सनका विरामीको संख्या ३१ हजार ३०८ जना, दाँत सम्बन्धी समस्या भएका विरामीको संख्या १८ हजार १७७, श्वाश प्रश्वास सम्बन्धी समस्या भएका विरामी १८ हजार १५ जना, टाउको दुखाइ भएका विरामी १६ हजार ७३५ जना, दाँतको दुखाइ भएका विरामीको संख्या १६ हजार १३४ जना, पेटको समस्या भएका १४ हजार ८८५ जना, निमोनिया भएका १३ हजार ४३० जना थियो ।

नेपालमा नसर्ने रोगको अवस्था र आवश्यकताका विषयमा ज्ञान र सिप दिन  ४  दिनको तालिम हुनेछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार