विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

हेल्थ टिभी अनलाइन : विश्वभर कोरोना संक्रमणबाट १ करोड भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। वर्ल्डोमिटरका अनुसार विश्वमा हालसम्म १ करोड ८१ हजार ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी विश्वभर मृत्यु हुनेको संख्या नै ५ लाख १ हजार २५८ रहेको छ । कोरोना जित्नेको संख्या ५४ लाख भन्दा बढी रहेको बताइएको छ ।
गत डिसेम्बरमा चीनबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा मात्रै हालसम्म २५ लाख ९६ हजार ५३७ जनामा संक्रमण देखिएको छ । जबकी कोरोना संक्रमित भएर मृत्यु हुने नै १ लाख २८ हजार १५२ पुगिसकेको छ ।
अमेरिकापछि ब्राजिलमा बढी संक्रमित पाइएका छन्। त्यहाँ हालसम्म १३ लाख १५ हजार ९५४ जना संक्रमित भएका छन् भने ५७ हजार बढीले ज्यान गुमाएका छन्। कोरोनाबाट बढी प्रभावित हुने देशहरुको तेस्रो नम्बरमा रुस छ । रुसमा हालसम्म ६ लाख २७ हजार ६४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ ८ हजार ९७६ जनाको मृत्यु भएको बताइएको छ । यसैगरी भारत कोरोना प्रभावित देशहरुमा चोंथो नम्बरमा परेको छ । भारतमा हालसम्म ५ लाख २९ हजार ५७६ जनामा कोरोना देखिएको छ भने १६ हजार १०३ जनाले ज्यान गुमाएका छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights