विश्वभर कोरोना निको हुनेको संख्या २६ लाख ५९ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन: विश्वभर २६ लाख बढी मानिस कोरोना संक्रमण पछि निको भएर घर फर्केका छन्। वर्ल्डोमीटरका अनुसार हालसम्म विश्वभर २६ लाख ५९ हजार २५० जना कोरोनालाई जितेर घर फर्केका छन्।
२१३ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म ३ लाख ६६ हजार ८०९ जनाको मृत्यु भएको छ । यसैगरी ६० लाख ३० हजार ४३५ जनामा कोरोना पुष्टि भएको बताइएको छ । विश्वमा २४ घण्टामा मात्रै १ लाख २५ हजार भन्दा बढी संक्रमित थपिएका छन्। साथै ४ हजा। ६१२ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन्।
चीनबाट शुरु भएको भए पनि यसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा मात्रै १ लाख ४ हजार बढी मानिसको मृत्यु भएको छ। यसैगरी संक्रमित हुनेको संख्या १७ लाख बढी छ ।
विश्वभर कोरोना संक्रमित फैलिएको भए पनि यसको ७४ प्रतिशत संख्या १२ देशमा रहेका छन्। त्यसमा अमेरिका अग्रपङतीमा आउँछ । सबैभन्दा बढी प्रभावित हुने देशहरुमा अमेरिका, इटली, बेलायत, स्पेन, ब्राजिल रुस, जर्मनी,फ्रान्स लगयातका देश रहेका छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights