विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

हेल्थ टिभी अनलाइन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग अमेरिकाले सबैप्रकारको सम्बन्ध तोडेको घोषणा गरेका छन्।
कोरोना भाइरसको संक्रमण रोक्न संगठन असफल भएको आरोप लगाउँदै उनले सबै सम्बन्ध तोड्ने निर्णय गरेको बताएका हुन्। अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता रहँदै आएको थियो।
शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’
कोरोना भाइरसको संक्रमण गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको थियो। त्यसयता यो महामारीले विश्वव्यापी रुप लिइसकेको छ। हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको पहिलो नम्बरमा अमेरिका रहेको छ । संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । उता चीनले यो महामारी नियन्त्रणमा लिइसकेको छ ।
कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ । उनले विश्व स्वाीथ्य संगठनले चीनसँग मिलेर कोरोना सम्बन्धी सही सूचना लुकाएको बताउँदै आएका छन्। अमेरिकाले यसअघि नै संगठनलाई दिंदै आएको सहयोग रोक्ने घोषणा गरेको थियो।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै