विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघेको छ ।
वर्ल्डोमिटरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार २२५ पुगेको जनाइएको छ । यसैगरी विश्वभरी ५६ लाख बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुमा चिनिया भाइरस भनेर जिस्काए पनि अहिले सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । अमेरिकामा मात्रे कोरोना संक्रमणका कारण १ लाख ५७२ जनाको मृत्यु भएको छ भने १७ लाख २५ हजार बढी मानिस संक्रमणको शिकार भएको छन्।
यसैगरी इटलीमा ३२ हजार ९५५ जनाको ज्यान गएको छ । बेलायतमा ३७ हजार ४८ जनाको मृत्यु भएको छ । उता स्पेनमा पनि २७ हजार ११७ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको पाइन्छ । पछिल्लो समय ब्राजिल पनि कोरोनाको चपेटामा परेको छ । त्यहाँ २४ हजार बढीले ज्यान गुमाएका छन्। यसैगरी फ्रान्समा २८ हजार ५३० जनाको मृत्यु भएको छ ।
यता भारतमा १ लाख ४५ हजार ३८० जनामा संक्रमण पुष्टि भइसेको छ भने ४ हजार १६७ जनाको ज्यान गएको छ । नेपालमा हालसम्म संक्रमितको संख्या ७७२ पुगेको छ भने ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा