दिल्लीमा चिकित्सकसहित ४ सय बढी स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ

हेल्थ टिभी अनलाइन: भारतको राजधानी दिल्लीमा मात्रै ४ सय बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरु कोरोना संक्रमितको उपचारमा संलग्न रहेको बताइएको छ ।
दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले ४ सय बढी स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको बताएका हुन्। उनले बुधबार भएको पत्रकार सम्मेलनमा दिल्लीका विभिन्न अस्पतालमा काम गर्ने चिकित्सकसहित ४ सय बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको बताए । भारतमा महाराष्ट्रपछि दिल्लीमा बढी संक्रमित देखिएका छन्।
हालसम्म भारतमा ७८ हजार तीन जनामा कोरोना पुष्टि भएको छ । दिल्लीमा मात्रै ७ हजार ९९८ जनामा संक्रमण देखिएको छ । गत २४ घण्टामा दिल्लीमा ३५९ जनामा कोरोना संंक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाको कारण २५ सय ४९ जनाको मृत्यु भएको जनाइएको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights