विश्वभर कोरोना संक्रमितको संख्या ३८ लाख २१ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं: विश्वभर कोरोना भाइरसको संक्रमणका कारण २ लाख ६६ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। यसैगरी वर्ल्डो मिटर्स डट इन्फोका अनुसार संक्रमितको संख्या ३८ लाख २१ हजार नाघेको छ ।
कोरोनाको सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ हजार २ सय नाघेको छ । अहिलेसम्म अमेरिकामा १२ लाख ३८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । बेलायतमा कोरोनाको कारण ३० हजार ७६ जनाको ज्यान गएको छ । कोरोना संक्रमितको संख्या २० लाख बढीमा देखिएको छ। इटलीमा २९ हजार ३ सय, स्पेनमा २५ हजार ८ सय, फ्रान्समा २५ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ । ब्राजिलमा ८ हजार ५ सय ८८ जना, इरानमा ६ हजार ४ सय १८ जनाको ज्यान गएको छ ।
त्यस्तै भारतमा ५२ हजार ९८७ संक्रमित भएका छन् मृत्यु हुनेको संख्या १ हजार ७ सय ८५ पुगेको छ । पाकिस्तानमा संक्रमितको संख्या २२ हजार ५ सय नाघेको छ भने ५ सय २६ जनाले ज्यान गुमाइसकेका छन् । यसैगरी विश्वभर १३ लाख १ हजार ७२५ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म संक्रमितको संख्या ९९ पुगेको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights