भारतमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन : भारतमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । हालसम्म भारतमा २४ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार २४ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यसैगरी ७७५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
यहीविच उता ५ हजार ६३ जनाले भने भाइरसलाई जितेर घर फर्किसकेका छन्। भारतमा सबैभन्दा बडी महाराष्ट्र प्रभावित बनेको छ । त्यसपछि दिल्लीमा धेरै संक्रमित भएका छन्। भारत सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि एक महिना अघि देखि लकडाउन गरेको छ । लकडाउनको समय ३ मे सम्म जारी हुने भए पनि यसको समय बढाउने मुडमा सरकार रहेको स्वास्थ्य अधिकारीले बताएका छन्।
लकडाउनकाबीच सरकारले आजदेखि केही पसलहरु खोल्न दिने निर्णय गरेको छ ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा