कोरोना संक्रमणका कारण बंगलादेशमा एक चिकित्सकको मृत्यु
५४ जना चिकित्सक संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : बंंगलादेशमा कोरोना संक्रमणका कारण एक जना चिकित्सकको मृत्यु भएको छ।
बंगलादेशको सिलेटस्थित म्याग ओस्मानी मेडिकल कलेजका अस्सिटेन्ट प्रोफेसरको आज बिहान ६ बजे मृत्यु भएको बताइएको छ । बंगलादेशको स्थानीय पत्रिका द डेली स्टारका अनुसार बंगलादेशमा कोरोनाका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो ।
उनलाई बिरामीबाट कोरोना सरेको बताइएको छ । उनलाई रुघाखोकी र ज्वरो आएपछि अप्रिल ४ मा परीक्ष्ण गरिएको थियो । अप्रिल ५ मा उनमा कोरोना पोजेटिभ देखिएपछि सहिद सम्सुदिन अहमद अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
अवस्था बिग्रदै गएपछि आइसीयूमा राखिएको र आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । बंगलादेशमा सय जना भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको बताइएको छ । त्यसमा ५४ जना चिकित्सक रहेका छन्। मृत्यु हुने चिकित्सकका परिवार र उनको सम्पर्कमा आएका १६ जनाको नमुना परीक्षण गरिएको तर कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको द डेली स्टारले जनाएको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights