Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

लकडाउनका बेला मधुमेहका बिरामीले यसरी अपनाउनुस् सावधानी

लकडाउनका बेला मधुमेहका बिरामीले यसरी अपनाउनुस् सावधानी

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण झण्डै १४ लाख बढी मानिस संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या नै ८२ हजार बढी पुगेको छ । अन्य देशले जस्तै नेपाल सरकारले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरेको छ । जसका कारण यतिखेर बजार, यातायात, व्यापार -व्यवसाय सबै बन्द छन्। अस्पतालमा पनि इमरजेन्सी बाहेक सबै सेवा बन्द गरेर कोरोना रोकथाममा लाग्न सरकारले आव्हान गरेको छ ।

कोरोना भाइरसले दीर्घ रोगी एवं रोगसँग लड्ने क्षमता कम भएकाहरुलाई सजिलै आक्रमण गर्छ भन्ने कुराहरु अघि आएका छन्। यही बिचमा मधुमेह भएका बिरामीले अझ बढी सचेत हुन जरुरी छ । हुन त मधुमेह भएका बिरामीलाई पनि अरुलाई सरे सरह नै रोग सर्छ तर रोग लागिसकेपछि भने बढी जटिलता मधुेमह भएका बिरामीमा हुनसक्छ । त्यसका लागि यस्ता बिरामीले रोग लाग्न नदिन बढी सतर्कता अपनाउन जरुरी छ । घरमै बस्ने अन्य मानिसको सम्पर्कमा नजाने, आफनो सरसफाइमा ध्यान दिनु नै यस्ता बिरामीका लागि सबैभन्दा बढी उत्तम उपाय हो ।

सरकारले तीन साताका लागि लकडाउन गरेर मानिसहरुबीच दुरी कायम गर्न सतर्क गराएको छ । यो निर्णय असाध्यै राम्रो हो । कोरोनाको रोकथामका लागि विश्वभरी नै यो सर्वोत्तम उपाय हो । किनकी विकसित देशहरुको हालत देख्दा पनि हामीले रोगै आउन नदिन प्रयास गर्न जरुरी छ जस्तो देखिन्छ ।

यतिखेर लकडाउनका कारण धेरै जना घर बाहिर निस्कन पाएका छैनन्। यसबेला मधुमेहको औषधि खाइरहेका बिरामीले केही दिन त हो भनेर औषधि खान छोड्न हुँदैन । सबैलाई थाहा छ मधुमेहका बिरामीले आफूखुशी औषधि छोड्दा यसका जटिलता लकडाउन नखुल्दै देखिन थाल्छन्। त्यसैले आफनो डाक्टरले जे औषधि खान भनिरहेका छन् ती औषधि खान छोड्न हुँदैन । बजार बन्द छ भनेर औषधि पनि किन्न पाइँदैन की भन्ने सोचेर बाहिर आउनुभएको छैन भने यहाँहरुलाई जानकारी दिउँ, सरकारले औषधि पसल बन्द गरेको छैन्। तपाइँलाई आवश्यक पर्ने औषधि लिन तपाइँ जान सक्नुहुन्छ । आफूलाई पुग्ने गरी औषधि राखौं । डाक्टरको सल्लाह बिना औषधि सकियो अब लकडाउन खुलेपछि ल्याउँला भनेर खान नछोड्नुहोला ।

यसैगरी घरमा बसेका बेला परिवारसँग समय बिताउनुहोस्। परिवारसँग रमाइलो गर्ने यो अति उत्तम समय हुनसक्छ । सधैं काम भनेर हिंडनेहरुलाई परिवारसँग खुशी बाँड्ने अवसर पनि हो ।यो समयलाई सदुपयोग गर्नु्स। यसका साथै घरमा हुँदा फूल बिरुवा भए पानी हाल्ने गोडमेल गर्ने गरेर प्रकृतिसँग रमाइलो गर्न सकिन्छ। अर्कोकुरा चौबिसै घण्टा मोबाइल नहेर्नुस । यसले तपाइँलाई झनै तनाव दिन सक्छ । सूचनाका लागि दिनमा दुईपटकसम्म केही समय मोबाइल वा टिभी हेर्नुस्। यसले जानकारी पनि दिन्छ र अनावश्यक तनाव घटाउँछ ।

मधुमेह भएका बिरामीलाई मात्र हैन बिहान बेलुका घरमै भए पनि सबैले हल्का व्यायाम गर्न जरुरी छ । घर वरिपरी खुल्ला ठाउँ छ भने मास्क लगाएर हिंड्न पनि सकिन्छ । तर घरमा बस्दा भने मास्क लगाउन पर्दैन । परिवारमा साना बच्चाहरु छन् भने उनीहरुलाई पनि व्यायाममा सहभागी गराउनुस्। यसले पारिवारिक वातावरण सिर्जना गराउँछ । कोरोना आए के गर्ने भन्ने जस्ता अनावश्यक कुरा मनमा खेलाएर तनाव नलिनुस। तनावले मधुमेहको जटिलता बढ्नमा मद्दत गर्छ । योसँगै केही गरी मधुमेहका बिरामीलाई सुगर तलमाथि भएर केही समस्या भएमा आफनो डाक्टरसँग तुरुन्त सल्लाह लिइहाल्नुस्। फोनबाटै धेरै कुरा सोध्न सकिन्छ । यसले समस्या समाधान गर्न सजिलो हुन्छ ।

  • डा. ज्योति भट्टराई

    हर्मोन रोग विशेषज्ञ डा.भट्टराई मेट्रो काठमाडौं अस्पतालमा कार्यरत छिन्।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि