कोरोना महामारीको चिन्तामा नरहेको युरोपको एउटा मात्र देश

युरोप अहिले कोरोनाभाइरस महामारीको केन्द्रमा छ तर सोही महादेशको एउटा राष्ट्रमा भने अधिकारीहरूले दैनिक जीवनमा फेरबदल ल्याउने कुनै कडा कदमहरू चालेका छैनन्। थुप्रै पक्षमा मौलिक रहेको एउटा देश बेलारुसले बाँकी युरोप र आफ्नै छिमेकी रूस र युक्रेनभन्दा फरक बाटो समातिरहेको छ।
युक्रेनमा आपत्कालीन अवस्था लगाउन खोजिँदैछ भने रूसले स्कुलहरू बन्द गर्ने, ठूला जमघटका कार्यक्रमहरू रद्द गर्ने र देशमा आउजाउ गर्ने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।बेलारुसमा भने दैनिकी सामान्य छ।
सीमाहरू खुला छन्। मानिसहरू काममा गइरहेका छन्। र ट्वाइलेटपेपर किन्न जाँदा कोही अत्तालिएका भेटिन्नन्। बेलारुसका राष्ट्रपति अलेक्सान्ड्र लुकासिन्कले भाइरसको सङ्क्रमण फैलन नदिनका लागि कुनै सावधानीका कदमहरू चाल्न आवश्यक नरहेको बताए।
यस्ता कुराहरू भइरहन्छन्। महत्त्वपूर्ण कुरा नआत्तिनु हो मङ्गलवार चिनियाँ राजदूतलाई राजधानी मिन्स्कमा भेटेपछि उनले भने,बेलारुसले फिल्महल वा नाट्यघर बन्द गरेको छैन। उसले मानिसहरूको जमघट हुने कुनै सार्वजनिक कार्यक्रम समेत रोकेको छैन। फुटबल प्रतियोगिता रद्द नगर्ने यो अन्तिम देशहरूमध्ये पर्छ।
बेलारुसियन प्रिमियरसिप छिमेकी रुसमा समेत फुटबलप्रेमीको लागि टेलिभिजनमार्फत् देखाइनेछ। आम बेलारुसका जनताहरू भने मौनताबीचमै भाइरसको सङ्क्रमणबारे चिन्तित छन्। किनकि आफ्नो देशबाहिर के भइरहेको छ भन्ने उनीहरूलाई थाहा छ।
राजधानी शहरमा भिडभाडयुक्त कक्षाकोठा छल्नका लागि केही युवा एवं स्कुले विद्यार्थीहरूले सञ्चो नभएको बहाना बनाउने गरेका छन्। उनीहरूको चासोलाई बुझेरै केही विश्वविद्यालय एवं क्याम्पसहरूले आफ्ना कक्षाहरू केही घन्टा ढिलो सुरु गर्न थालेका छन्।
जसले गर्दा विद्यार्थीहरू भिडभाड हुने समय छल्न सकुन् भन्ने उनीहरूको उद्देश्य छ।मिन्स्कका सडकमा थोरै मानिसहरु मात्र देखिन्छन्। र जेष्ठ नागरिकहरू बढि जोखिममा छन् भन्ने पनि धेरैलाई थाहा छ। तर अधिकारीहरूका तहबाट ती कुनै सचेतना फैलिएको छैन।
राष्ट्रपति अलेक्सान्ड्र लुकासिन्कले चिन्ता नमान्नुपर्नाको कारण देश छिर्ने सबैको कोरोनाभाइरस जाँच गरिनु रहेको बताउँछन्। उनको दाबी छ , दैनिक दुईदेखि तीनजना मानिसमा कोरोनाभाइरसको सङ्क्रमण देखिन्छ। त्यस्तोबेला उनीहरूलाई क्वारन्टीनमा राखिन्छ र डेढदेखि दुई साताबीचमा छाडिन्छ।
बीबीसीबाट:
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै