हाम्रो डक्टरको मोबाइल एप: घरमै बसेर चिकित्सकसँग परामर्श लिन सकिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण गर्न यतिबेला देश लकडाउन भएको छ । यही लकडाउनका कारण घरमै बस्नुपरेकाहरुले केही चिकित्सकीय परामर्श चाहिएमा मोबाइल एपमार्फत लिन सकिने भएको छ ।
हाम्रो डक्टर नाम रहेको मोबाइल एप डाउनलोड गरि विभिन्न विशेषज्ञ चिकित्सकसँग गोप्यरुपमा परामर्श लिने सकिने एप्लिकेशनका सिईओ उद्धवराज भेटुवालले जानकारी दिए । सन् २०१६ मा सुरु भएको एपले हाल अनलाइन परामर्श सेवा, अस्पतालमा टिकट बुकिंग गर्ने लगायत थुप्रै स्वास्थ्य सेवा सहजीकरणको सेवा दिइरहेको छ । एण्ड्रोइड र आइओएस प्लेस्टोरमा उपलब्ध एप्लिकेशनमा परामर्शका लागि सयौं विशेषज्ञ चिकित्सकहरु उपलब्ध रहेको भेटुवालले जानकारी दिए । एपका साथै हाम्रो डक्टर डटकममा पनि यो सुविधा रहेको छ ।
मोबाइल एप्लिकेशनमा उपलब्ध चिकित्सकहरुसँग सःशुल्क र निःशुल्क दुवैखालको परामर्श सेवा लिन सकिने बताइएको छ । परामर्श सेवामा बिरामीले आफ्ना जिज्ञासा व्यक्तिगत रुपमा गोप्य ढंगले पनि सोध्न सक्छन् । परामर्शको क्रममा एप प्रयोगकर्ताले डाक्टरलाई एपबाटै रिपोर्ट र फोटो एवं भिडियोसमेत देखाउन सकिने बताइएको छ । एप्लिकेशनबाट विस्तारै भिडियो परामर्शको सेवा पनि लिनसकिने एपका सिटिओ अशोक बस्नेतले जानकारी दिए ।
एपबाट लिन मिल्ने सःशुल्क परामर्शका लागि सबैजसो डिजिटल पेमेन्ट गेटवेबाट शुल्क तिर्न सकिन्छ । हाम्रो डक्टरमा ईसेवा, फोन पे, खल्ति, आइएमई पे, ईबैंकिगबाट समेत पैसा तिर्नसकिन्छ । यसका अलावा विदेशमा रहनेहरुले क्रेडिटकार्ड एवं मास्टरकार्डबाट पनि भुक्तानी गर्न सक्नेछन्।
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल
आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम अब नेपालमै
नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव