कोरोनाको महामारी नियन्त्रण गर्न ट्रम्पले गरे अमेरिकामा सङ्कटकाल घोषणा

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन्।
सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ।
उक्त कदमले स्वास्थ्यसेवामा विद्यमान प्रावधानलाई खुकुलो पारिदिएको छ। यसबाट चाँडो परीक्षणको गति बढ्नेछ।
कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो।
अमेरिकामा १,७०१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० जनाको कोभिड १९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।
अमेरिकाका विभिन्न राज्यले सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेका छन्।
त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग अर्थात् कोभिड १९ लाई विश्वव्यापी महामरीको सङ्ज्ञा दिएको छ।
गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ।
बीबीसीबाट
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights