Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डब्लूएचओले भन्यो, कोरोना भाइरसलाई परास्त गर्न प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ

डब्लूएचओले भन्यो, कोरोना भाइरसलाई परास्त गर्न प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरस संक्रमणका कारण अहिले विश्व ‘अन्चार्टर्ड टेरटरी’ अर्थात् अनुमान गर्नै नसकिने ठाउँ बनेको बताएको छ।

डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त भाइरस ‘अद्वितीय’ भएको तर उपयुक्त उपाय अवलम्बन गरेर त्यसलाई नियन्त्रण गर्न सकिने बताए।

विश्वभरि कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ। संक्रमण र मृत्यु हुने अधिकांश मानिस चीनका हुन्।तर केही सातायता चीनबाहेक अन्यत्र कोरोना भाइरस संक्रमण नौगुना भएको छ।

कसरी नियन्त्रण गर्न सकिन्छ?

डा. गेहब्रेयससले जोड दिँदै  भाइरसलाई परास्त गर्न सकिने बताए। रोग आफैँभन्दा पनि बिरामीलाई लाग्ने लाञ्छना र उनीहरूसँग गरिने व्यवहार धेरै डरलाग्दो भएको उनको टिप्पणी थियो।

उनले कोभिड–१९ को विश्वव्यापी विकास ‘एकतर्फी बाटो’बाट नभएको र यदि देशहरूले चाँडो र प्रभावकारी रूपमा नियन्त्रणका उपाय अवलम्बन गर्न सके त्यसलाई परास्त गर्न सकिने बताए। ‘अहिले काम गर्नुबाहेक अन्य कुनै विकल्प छैन’, उनले भने।

डब्लुएचओले के भन्यो?

कोभिड–१९ सँग सङ्घर्ष गर्न सबैलाई काम लाग्ने एउटै उपाय नभएको भन्दै डा. गेहब्रेयससले सबै देशलाई आफ्नो अवस्थाबारे विचार गर्न सुझाव दिएका छन्। ‘प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ तर थालनी भने नियन्त्रणबाट गरिनुपर्छ’, उनले भने।

अहिलेसम्म ६२ देशले संक्रमण भएको जानकारी दिएका र तीमध्ये ३८ देशमा १० भन्दा कम व्यक्तिमा संक्रमण देखिएको उनले बताए। ‘झण्डै आठवटा देशले दुई सातादेखि नयाँ संक्रमण भएको जानकारी दिएका छैनन् र रोकथाम गर्न सफल भएका छन्’, उनले भने।

धेरै संक्रमण भएको भए पनि चीनले पनि रोकथाम सम्भव छ भन्ने देखाएको उनले बताए। कोरोना भाइरसलाई विश्वव्यापी महामारी भन्ने वा नभन्नेबारे डब्लूएचओले निरन्तर निगरानी गरिरहेको उनले बताए।

दक्षिण कोरिया, इटली, इरान र जापानमा फैलिएको सङ्क्रमण अहिले मुख्य चिन्ताको विषय बनेको छ। इरानमा डब्ल्यूएचओका एक कर्मचारीमा पनि सामान्य लक्षणसहित कोरोनाभाइरस संक्रमण देखिएको उनले बताए।

उनले भने, ‘इमानदारीपूर्वक भन्दा बिरामीलाई लाग्ने लाञ्छना भाइरसभन्दा खतरनाक छ। त्यसलाई वास्तवमै ध्यान दिऔँ। लाञ्छना सबैभन्दा खतरनाक शत्रु हो।’

बीबीसी नेपालीबाट

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि