Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अस्थायी साधन प्रयोगको साटो गर्भपतन!

अस्थायी साधन प्रयोगको साटो गर्भपतन!

हेल्थ टिभी अनलाइन\डोटी : निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ ।

गर्भपतन सेवा निःशुल्क भएपछि सेवा लिनेको संख्या वृद्धि भएकोे केआइसिंह गाउँपालिका–४ दुर्गामाडौँ स्वास्थ्य चौकीका डा. राजु गुरुङले जानकारी दिए। ‘निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएपछि महिनैपिच्छे गर्भपतन गराउन आउन थाले’, उनले भने, ‘यो समस्याको विषय हो।’

उनका अनुसार अस्थायी साधन प्रयोग गर्नुको विकल्पमा गर्भपतनका लागि स्वास्थ्य संस्था धाउन थालेका छन्। अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क गर्ने र गर्भपतन गराउन आउनेको संख्या बढ्ने गरेको दुर्गामाडौँ स्वास्थ्य चौकीका अनमी गीता भट्टले बताइन्। उनले भने, ‘अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्या कम छ, गर्भ रहे निःशुल्क हो भन्दै गर्भपतन गराउन आउँछन्, पछि गएर यो जटिल समस्याको विषय बन्न सक्छ।’

यहाँका स्वास्थ्य चौकीको तथ्यांकअनुसार एकै महिलाले वर्षमा तीनदेखि चारपटकसम्म गर्भपतन गराउन आउने गरेका छन् । विसं २०७३ माघबाट सो चौकीमा शुरु गरिएको सो सेवा हालसम्म २५३ ले लिएका छन्। तीमध्ये नौ किशोरी रहेको अनमी भट्टले जानकारी दिइन्। ‘हामीकहाँ मात्रै गर्भपतन गराउनेको संख्या दिनानुदिन बढिरहेको छ’, उनले भनिन्, ‘गर्भपतन सेवा अस्थायी साधनजस्तै बनेको छ।’

जिल्ला अस्पतालले यो वर्ष ३५० ले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ। तीमध्ये १२ भन्दा वढीले दुईदेखि तीनपटकसम्म सेवा लिएकोे तथ्याङ्कमा उल्लेख छ ।

सीडीएफका कार्यक्रम अधिकृत दीपा सिंहले जिल्लामा निःशुल्क तथा सुरक्षित गर्भपतन सेवाका लागि आफ्नो संस्थाले पहल चालिरहेको बताइन्। ‘असुरक्षित गर्भपतनले महिलाको अकालमै ज्यान जान थालेकाले हामीले सुरक्षित गर्भपतनका लागि आफूले सक्ने भूमिका खेलिरहेका छौँ, गर्भपतनलाई अस्थायी साधनका रूपमा लिनु हुँदैन’, उनले भनिन्।

जिल्ला अस्पतालसहित यहाँका गड्सेरा, दुर्गामाडौँ, चवराचौतारा, छतिवन, कपल्लेकी, मुड्भारा, सरस्वतीनगर, सानागाउँ, पोखरी, मौवानगरदह, दौड, लानाकेदारेश्वर, तिखा, लडागाडा, तिखातर, भूमिराजमाडौँ तथा बन्लेग स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि