Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय

वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय

संयुक्त राज्य अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिक कोरोना भाइरसको प्रकोप साम्य बनाउने उद्देश्यले खोप विकास गर्न खटिएका छन्।

कुनै पनि खोप बनाउन सामान्यतया वर्षौँ लाग्छ, र पशुहरूमा परीक्षणको लामो प्रक्रियाका साथै मानवमा परीक्षण र नियामक स्वीकृति आवश्यक हुन्छ। तर विशेषज्ञहरूका धेरै टोलीहरु द्रुत प्रक्रियाबाट खोप निर्माण गर्ने दौडमा जुटेका छन्, जसलाई अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समर्थन प्रान्त हुने विश्वास छ। अष्ट्रेलियाली वैज्ञानिकहरू ६ महिनाभित्रमा कोरोना भाइरसको खोप तयार गर्ने आशामा छन्।

‘अहिले साँच्चिकै दबाबको स्थिति छ, र हाम्रो काँधमा ठूलो जिम्मेवारी छ’, अस्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता किथ च्यापेलले भने। तर छ महिनाको समयावधि पनि कोरोनाको संक्रमणका दृष्टिकोणबाट कष्टदायी र ढिलो देखिएको छ।

पश्चिम अफ्रिकामा करिब ११ हजारको ज्यान लिएको इबोला प्रकोप नियन्त्रणका लागि खोप निर्माण गर्न आर्थिक सहयोग जुटाउन सन् २०१७ मा गठन भएको ‘कोएलिसन फर इपिडेमिक प्रिपर्डनेस इनोभेसन्स’ (सेपी) पनि यसपटक कोरोना भाइरसको खोप निर्माणमा सक्रियतापूर्वक जुटेको छ। निकै महँगो बायोटेक्नोलजी अनुसन्धानका लागि याे संस्थाले वित्तीय सहायता जुटाउँछ ।

खोपको विकासको गति बढाउने लक्ष्यसहित सेपीले विश्वभरि चारवटा परियोजनामा करोडौं अमेरिकी डलर लगानी गरिसकेको छ र थप प्रस्तावका लागि आह्वान गरिरहेको छ। यी परियोजनाहरुबाट नयाँ प्रविधि प्रयोग गरी निर्माण गरिने खोपहरू निकट भविष्यमा परीक्षण गर्न सकिने विश्वास लिइएको छ। सेपीका प्रमुख कार्यकारी अधिकृत रिचर्ड ह्यासेटले १६ हप्ताभित्रै खोपको क्लिनिकल परीक्षण सुरु गर्ने लक्ष्य राखेको बताए।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्रले पनि खोपहरू विकास गर्न थालेको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि