चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७२२ पुग्यो

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ । शुक्रबार मात्रै ८८ जनाको मृत्यु भएपछि चीनमा मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको हो ।
शुक्रबार मात्रै चीनमा ८८ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ९९ नयाँ संक्रमित फेला परेको पनि आयोगले जनाएको छ । चीनको वुहानमा गत डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसका कारण ३४ हजार ५सय ४६ जना संक्रमित भइसकेका छन्।
वुहानमा शुक्रबार भर्ना भएका बिरामी मध्ये १ हजार २ सय ८० जना सिकिस्त रहेको पनि आयोगले जनाएको छ । ५ सय १० जना भने शुक्रबार उपचारपछि निको भएर घर फर्केका छन्। चीनबाट शुरु भएको कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाइरहेको छ । चीनबाहेक फिलिपिन्समा एक जना र हङकङमा एक जनाको मृत्यु भएको छ ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights