Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चिसाेमा झन् बढ्छ बाथकाे समस्या, बच्न अपनाउनुस् यी उपाय

चिसाेमा झन् बढ्छ बाथकाे समस्या, बच्न अपनाउनुस् यी उपाय

बाथ ‘अटो इम्युन डिजिज’ हो। यो रोगमा जोर्नीहरूमा समस्या देखापर्छ। समयमा नै उपचार नगरे बाथरोगले अपाङ्गतासमेत निम्त्याँछ।

बाथका रोगीलाई जाडोमा अझ बढी सताउँछ। जाडो बढे सँगै बिरामीहरू थप समस्या लिएर अस्पताल आउने गर्छन्। जाडोमा बढी चिसोका कारण बिहान उठ्दा विशेषगरी हात र जोर्नीहरु अररो हुने समस्या हुन्छ। बाथका रोगिलाई घाम नलागेसम्म यस्तो समस्या देखिन्छ र विस्तारै घाम लागेसँगै हात खुट्टा चलाउन सजिलो हुन्छ। त्यसो त अन्य समयमा पनि यस्ता रोगीलाई समस्या नहुने होइन तर चिसो बाथका रोगीलाई अत्यन्त कठिन हुने मौसम हो। त्यसैले बाथका रोगीले यो वेला विशेष सावधानी अपनाउनु पर्छ।

जाडो सुरु भएसँगै आउने जटिलतालाई कसरी कम गर्न सकिन्छ भनेर चिकित्सकलाई भेट्नुपर्छ र उनीहरूको सल्लाहबमोजिम औषधी नियमित खानुपर्छ।

यो सँगै बिरामीले जाडोमा पानी खान बिर्सन्छन् जसले गर्दा अनेक समस्या देखिन्छ। जाडो भयो भनेर पानी खान छोड्नु हुँदैन। मनतातो पानी खाइरहनुपर्छ। योसँगै तातो सुप खान सकिन्छ जसले शरीरलाई न्यानो दिनुको साथै उर्जा समेत दिन्छ।

अर्को महत्त्वपूर्ण कुरा प्रोटियुक्त र सन्तुलित खाना खानुपर्छ जसले गर्दा अन्य समस्या आउँदैन। यसैगरी चिसो छ भनेर शारीरिक व्यायाम गर्न छोड्न हुँदैन नियमित व्यायाम गर्दा जोर्नीहरू चलायमान हुन्छन् र बिरामीलाई सजिलो हुन्छ। जाडोमा बाथरोग बढ्ने समस्या हुन्छ। १० जनामध्ये सातदेखि आठजनाको बाथ जाडोको समयमा बढ्ने गर्छ। बाथरोग धेरै किसिमको हुन्छन्।

कुन व्यक्तिलाई कस्तो किसिमको बाथरोग छ र कुन किसिमको औषधी सेवन गर्दै आएको छ भन्ने कुराले फरक किसिमको समस्या आउन सक्छ। जाडोको समयमा या अझ बढी समस्या देखाउँछ। घाममा जाँदा गाला रातो हुने, पानीमा हात राख्दा हात सेतो, निलो भएर आउने हुन्छ। यसबाट बच्न सकेसम्म चिसो पानी नखेलाउने र शरीर न्यानो राख्ने गर्नुपर्छ। पानीमा काम गर्नैपरे हातमा पञ्जा लगाउनुपर्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार