Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘मानसिक स्वास्थ्यमा अध्ययन अनुसन्धान जरुरी’

‘मानसिक स्वास्थ्यमा अध्ययन अनुसन्धान जरुरी’

काठमाडौं: मानसिक स्वास्थ्य सम्बन्धी समस्या कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने रणनिती बनाउन राजधानीमा छलफल भएको छ । ग्रुप फर टेक्निकल असिस्टेन्स र हेनरी फोर्ड हेल्थ सिस्टमद्धारा संयुत्त रुपमा आयोजित कार्यक्रममा विज्ञहरुविच छलफल भएको हो ।

कार्यक्रममा मानसिक स्वास्थ्यमा काम गरिरहेका संस्था एवं विज्ञहरुले अहिले गरिेरेका काम र देखिएका चुनौतिकाबारेमा प्रस्तुतीकरण राखेका थिए । उनीहरुले मानसिक स्वास्थ्यका क्षेत्रमा निकै काम भएको भए पनि अझै धेरै चुनौतीहरु रहेको जिकीर गरे ।

कार्यक्रममा ग्रुप फर टेक्निकल असिस्टेन्सका कार्यक्रम निर्देशक क्षितीज  कार्कीले मानसिक स्वास्थ्यका क्षेत्रमा अध्ययन अनुसन्धान निकै कम भएको भन्दै अब त्यतातर्फ लाग्नुपर्ने बताए । यसैगरी हेनरी फोर्डका प्रतिनिधी एलेक्सजेन्डरले मानसिक स्वास्थ्य विश्वकै समस्या भएकाले सबै देश मिलेर काम गनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न संघसंस्थामा कार्यरत विज्ञहरुको सहभागिता थियो भने सभाईभरले आफनो अनुभव सुनाएका थिए

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि