महिना दिनदेखिको दर, स्वास्थ्यमा हानि जीवनभर

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज सनातन हिन्दू नारीहरूको महत्त्वपूर्ण पर्व हो। धार्मिक, सामाजिक र साँस्कृतिक रूपमा यो पर्वकोे ठूलो महत्त्व छ। शिवपार्वतीको नाममा व्रत बस्नु, पूजा आराधना गर्नु र नाचगानमा समावेश भई मनका बह पोख्नु यो पर्वको विशेषता हो।
तीजको अघिल्लो दिन द्वितीयाका दिन छोरीचेलीहरू माइतीमा जम्मा भई मिठोमसिनो जे पाइन्छ त्यो खाने चलन छ, जसलाई दर खाएको भनिन्छ। ठाउँअनुसार खीर, ढकने, सेलरोटीलगायतका परिकार र फलफूल दरमा समवेश हुन्छ। भोलिपल्ट निराहार व्रत बस्ने भएकाले मध्यराति उठेर पनि दर खान्थे रे दिदीबहिनी, आमाहरू। उठ्न बिर्सिँदा उज्यालो भएको थाहा पाएर झ्यालमा कपडाले छेकेर दर खाएको भन्ने रमाइला प्रसंग पनि सुनिन्थे।
चाडपर्व र संस्कृतिकाे आधुनिकीकरण मुर्खता हो। हाम्रा पुर्खाहरूले देखाएको बाटो नै स्वस्थ जीवनका लागि सही बाटो हो। रोग र शाेकको मूल कारण हो।
यो अलि अगाडिको कुरा भयो। बढ्दाे आधुनिकतासँगै दर खाने प्रक्रिया र परिकारमा समेत परिवर्तन आएको छ। अचेल महिना दिनअघिदेखि दर खाने चलन चलेको छ, विशेषगरी पार्टी प्यालेसहरूमा। दरका नाममा अधिक चिल्ला र मसलायुक्त खानेकुरा खाने चलन बढेकाे छ। अचेल दरमा मद्यपान पनि सामान्य भइसकेको छ। यो शरीरका लागि असाध्यै घातक हो।
साउन र भदौ महिना (वर्षा ऋतु) मै किन यति धेरै पर्छन्, हामीले विचार गरेका छौँ? पक्कै पनि छैनौँ। किनकी यो समयमा हाम्रो पाचन प्रणली निकै कमजोर हुन्छ। चाडपर्व व्रतको नाममा पटक पटक उपवास बसेर पाचन प्रणालीलाई आराम दिने उपयुक्त बहाना मिल्छ। धर्म र परम्पराले हाम्रो स्वास्थको निकै ख्याल गरेको छ। तर हामी भने यसको विपरीत वा प्रकृतिको विपरीत गरिदिन्छौँ।
साउन र भदौ महिनामा हाम्रो पाचन प्रणाली कमजोर हुन्छ। त्यसैले यो समयमा ‘गरिष्ठ’ अर्थात् भारी भोजन गर्नु शरीरलाई फाइदाजनक हुँदैन। यही वेला झाडाबान्ता, पखाला, हैजा र भाइरल ज्वरोको प्रकोप बढी हुन्छ। यो समयामा जति सक्यो त्यति उपवास बस्नु शरीरलाई फाइदा हुन्छ।
सनातन हिन्दु धर्मको वैज्ञानिक पक्षहरू नबुझ्नु नै हाम्रा लागि अभिशाप भएको छ। रुढिवादीको रूपमा बुझ्दा र यसमा भएका विधिलाई विकृत बनाउन खोज्दा हामी रोगी हुन्छाैँ।
फेरि फर्कौँ, तीजको दरतर्फ नै। माथि नै भनियो, अचेल महिलाहरू महिना दिनअघिदेखि नै प्रत्येक दिनजसो दर खाइरहेका हुन्छन्। पार्टी प्यालेसमा बनेका खानेकुरा एकछिनका लागि मुखको स्वाद मात्र हुन्, तिनै खानेकुरा मोटोपन, कोलेस्ट्रोल, मधुमेह, मुटुरोग, उच्च रक्तचाप र पेटको अल्सर जस्ता प्राणघातक रोगका कारक बन्छन्।
त्यसैले प्राचीनतातर्फ नै फर्किनु आवश्यक छ। हिन्दु धर्मशास्त्रले भनेका छन्, व्रतको अघिल्लो दिन सात्विक पदार्थ खानु। भोलिपल्ट व्रत बस्नका लागि अघिल्लो दिन गरिष्ठ पदार्थको भोजन आवश्यक नै छैन। सात्विक पदार्थ खाएर जिउ हल्का बनाएर व्रत बस्ने हो। व्रत तोड्दा कडा खाना खानाले पनि पेटको अल्सर र क्यान्सरजस्ता रोग लाग्न सक्छ। व्रत तोड्दा पनि हल्का पदार्थहरू खानु आवश्यक छ, जस्तै– साबुदाना, खिर र दूधदहीजस्ता खानेकुरा र केरालगायतका फलफूल आदि।
याद राख्नुस्, चाडपर्व र संस्कृतिकाे आधुनिकीकरण मुर्खता हो। हाम्रा पुर्खाहरूले देखाएको बाटो नै स्वस्थ जीवनका लागि सही बाटो हो। रोग र शाेकको मूल कारण हो।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights