Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्राकृतिक प्रकाेपपछि देखिन्छन् यस्ता स्वास्थ्य समस्या, अपनाउनुस् सावधानी

प्राकृतिक प्रकाेपपछि देखिन्छन् यस्ता स्वास्थ्य समस्या, अपनाउनुस् सावधानी

बर्खाका वेला विभिन्न किसिमका सरुवा रोग फैलिन्छन्। यसको मुख्य कारण हो पानी। बर्खायाममा पानी दूषित हुने भएकाले रोग फैलिने सम्भावना धेरै हुन्छ। यो समयमा प्रायः झाडापखाला, हेपाटाइटिस, टाइफाइड डेंगु, मलेरिया र लेप्टोस्पिराइसिस जस्ता रोग देखिन्छन्।

यी रोग पानीकै माध्यमबाट मानिसमा सर्छ। अन्य जीवबाट ब्याक्टेरिया पानीमा छ त्यही पानी प्रयोग गर्दा मानिसमा सर्छ र बिरामी हुन पुग्छ।

गत बिहीबारदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढीपहिरोको विपद आएको छ। सरकारी तथ्यांकअनुसार ६० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। कति हराएका छन्। कति घाइते अवस्थामा छन्। बर्खाका कारण विभिन्न ठाउँमा जमेको पानी र फोहोरमैलाले मानवस्वास्थ्मा जोखिम बढाइरहेका छन्।

याे याममा  वर्षाका कारण, बाढीपहिरो र डुबानजस्ता प्राकृतिक प्रकोप निम्तिने गर्छ। मर्नेहरू त मरिहाले यस्ता प्रकोपको व्यवस्थापन गर्न नसक्दा बाँचेकाहरूसमेत जोखिममा परिरहेका हुन्छन्। प्राकृतिक प्रकोपमा परेका मानिसहरूलाई कसरी सफा पानी र खाना खुवाउने भन्ने चुनौती रहेको हुन्छ।

प्राकृतिक प्रकोपपछि मुख्यतः तीन चरण देखिन्छन्। पहिलो चरणअन्तर्गत एकदेखि चार दिनसम्म घाउ चोटपटक लाग्ने समस्या देखिन्छ। साथै लेप्टोस्पाइरोसिस (ब्याक्टेरियाको संक्रमण), टिटानस, सर्पदंश, घाउ पाक्ने संक्रमण देखिन्छन्। लेप्टोस्पिराइसिस रोग मुसाको पिसाबबाट सर्छ।

दोस्रो चरण चार दिनदेखि चार हप्तासम्मको हुन्छ, यसमा हावा खानेकुरा पानीजन्य संक्रमणहरू स्क्रब टाइफस लगायतका पहिलो चरणका सरुवा रोगहरू देखिन्छन्। तेस्रो चरणमा चार हप्तामा हुने लामो ‘इन्कुभेसन’ भएका संक्रमणहरू कीटजन्य रोगहरू देखिन्छन् ब्याक्टेरियाको संक्रमणका कारण डेंगु, मलेरिया र कालाज्वरजस्ता समस्या देखिन्छन्।

प्राकृतिक विपदका वेला हुने यस्ता समस्याबाट बच्न सफा र ताजा खानेकुरा खानुपर्छ। पानीलाई शुद्धीकरण गरेर वा उमालेर मात्र पिउनुपर्छ। अधिकांश रोग अशुद्ध पानीकै कारण लाग्छन्। त्यसैले पिउने पानीमा विशेष ध्यान दिनुपर्छ।

यस्तो वेला ज्वरो आउने, आँखा दुख्ने, टाउको दुख्ने पाखुरा दुख्ने, बान्ता हुने र झाडापखाला हुने समस्या आए तुरुन्त नजिकको स्वास्थ्यचौकी वा पायक पर्ने चिकित्सकहाँ गएर सल्लाह लिनु वा उपचार गराउनुपर्छ। शरीरको तापक्रम ३९ डिग्री सेल्सियस भन्दा माथि पुगे सचेत रहनुपर्छ।

आवश्यक नपर्दा प्राकृतिक प्रकोप भएका क्षेत्रबाट दूर रहनुपर्छ। जमेका पानी हटाउने, फाेहाेरमैलाकाे व्यवस्थापन गर्ने काम तत्काल गर्नुपर्छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि