Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तपाईँलाई मुटुराेग छ कि छैन? यसरी पत्ता लगाउनुस्

तपाईँलाई मुटुराेग छ कि छैन? यसरी पत्ता लगाउनुस्

‘डाक्टर साहेब, साह्रै मुटु दुखेको छ’ यो भनाइ क्लिनिकमा आउने अधिकांश बिरामीको हो। छातीको बिच भागमा भएको यो दुखाइ ग्यास्ट्रिकको दुखाइ वा घातक मुटु दुखाइमध्ये कुनै एक हुनसक्छ। छातीभन्दा भित्र मुटु भएकाले सचेत तथा लेखपढ गरेका व्यक्तिहरू यसबारे विशेष चिन्ता लिन्छन् भने केही यसलाई साधारण ग्यास्ट्रिकको दुखाइ भनेर ठट्टामा उडाइदिन्छन्।

त्यसैले दुवैथरीलाई यो घातक सर्प हो वा साधारण डोरी भनेर चित्त बुझाउन हम्मेहम्मे नै पर्छ। मेरो क्लिनिकमा आउने बिरामीहरूमध्ये आधाजतिलाई केहीबेरको छलफलपछि नै विश्वास दिलाउन सकिन्छ भने एकथरी यस्ता पनि हुन्छन् जो खास मुटुको समस्या नै भोगिरहेका छन्, तर उनीहरू आफूलाई मुटुको समस्या छ भनेर मान्न नै तयार हुँदैनन्।

अनि यिनीहरू नै हृदयाघातको शिकार बन्छन् र पछि गएर मुटुको समस्या मात्र भोग्दैनन् कि जीवनकै आहुति दिन्छन्। तर दुखाइ यदि छातीको देब्रे भागतिर छ भने त्यो साँच्च्किै मुटुको दुखाइ हो होइन भन्ने पत्ता लगाउनु र बिरामीलाई आश्वस्त पार्न चिकित्सकले निकै ठूलो परिश्रम गर्नुपर्ने हुन्छ।

छाती दुखेकोमा कस्तो दुखाइ ग्यास्ट्रिकको कारणले हो र कस्तो दुखाइ मुटुको समस्याले हो हामीले बुझ्नुपर्छ। यसमा हेलचेक्र्याइँ गर्नुहुँदैन। त्यसैले हामी सबैले कस्तो दुखाइ मुटुको दुखाइ हो भन्ने बुझ्नु जरुरी छ। तल दिइएका दुखाइहरू मुटुको दुखाइ हुन सक्छन्–

तल्लो बङ्गाराको कुनै पनि भागमा हुने दुखाइ जा नाइटोमाथिको पेटको दुखाइ वा छातीको बिच भागमा सहन नसक्ने दुखाइ र्हदायाघातको दुखाइ हुनसक्छ।

बायाँ वा दायाँ पाखुरा दुख्नु, छातीकाे बिच भगमा अकस्मात् दुख्नु, छातीमा गह्रौपन महसुस हुनु, अप्ठेरोपनसहित सास फेर्न गाह्रो हुनु, वाकवाक लाग्नु, चिटचिट पसिना आउनु तथा आँखाको अगाडि अन्धकार छाउनु पनि हृदयाघातका लक्षण हुन्।

छातीमा कहाँ दुखेको छ भनी छुट्याउन गाह्रो हुनु वा दम बढेको जस्तो हुनु वा सास रोकिएको जस्तो भाव हुनु वा छाती वा पेट पोलेको जस्तो हुनु वा वायुको कारणले हुनजस्तो पेट डम्म हुनु हृदयरोगका प्रकृति हुन्।

शारीरिक मेनत बढाउँदै जाँदा वा छिटोछिटो हिँड्दा छाती दुखेमा त्यो पनि मुटु दुखाइ हो। चिकित्सकहरूले यसलाई मुटुको ऐठन भन्छन्। यी लक्षण देखिएमा विशेषज्ञ वा चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ।

मानिसहरूले आफ्नो विवरण राख्न जरुरी छ किनभने केहीलाई अरुभन्दा बढी मुटुको समस्या हुने सम्भावना हुन्छ। जस्तै, भर्खरै रजस्वला शुरु भएकी किशोरीलाई मुटुरोग लाग्ने सम्भावना एकदमै कम हुन्छ भने मधुमेह भएका, उच्च रक्तचाप भएका, धूमपान गर्ने, उच्च कोलेस्टोरोल भएका र मुटुको रोगको आनुवंशिक परम्परा भएकालाई यो रोग लाग्ने धेरै बढी सम्भावना हुन्छ।

यस्ता व्यक्ति वा बिरामीले आफ्नो स्वास्थ्य पूर्णरूपमा जाँच गराउनुपर्छ। यसमा स्वास्थ्यसम्बन्धी अनुसन्धानले मद्दत गर्नसक्छ। ईसीजीले हृदयाघात हो होइन भनी निराकरण गर्न सक्छ तर एन्जाइनाको निदान गर्न सक्दैन। स्ट्रेस टस्टबाट एन्जाइना र अरु केही थप रोगहरूको निदान हुनसक्छ।

मुटुमा रक्तप्रवाह गर्ने धमनी वा रक्तनलीमा कहाँ कस्तो र कुन प्रकृतिको अवरोध छ भनी पत्ता लगाउन विशेष सूक्ष्म नलीका माध्यमबाट उक्त स्थानमा रंगीन तरल पदार्थ पठाएर लिइने विशेष प्रकारको एक्सरे जाँच गरिन्छ। त्यसलाई ‘कोरोनरी एन्जियोग्राम’ भनिन्छ। यसबाट माथि उल्लिखित तरिकाबाट गरिएको जाँचले पत्ता लगाउन नसकेका मुटुका रोगहरू पत्ता लगाउन सकिन्छ–

मुटुसँग असम्बन्धित दुखाइ

छातीको कुनै पनि भागको सानो ठाउँमा दुखेमा

दुखेको ठाउँमा थिच्दा एकदम दुखेमा वा दुखेको कम भएमा

शारीरिक गतिविधिहरू गर्दा नदुख्ने भएमा

सुत्दाखेरी मात्र दुख्ने भएमा

गहिरो सास लिँदा मात्र दुख्ने भएमा

तनावको वेला मात्र दुख्ने भएमा

थोरै समय अर्थात् केही सेकेण्डका लागि मात्रै दुख्ने भएमा आदि।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि