Health TV Online

पर्वतमा व्यावसायिक जडीबुटी उत्पादन

पर्वतमा व्यावसायिक जडीबुटी उत्पादन

पर्वत : यो वर्षदेखि जिल्लामा व्यावसायिक रूपमा जडीबुटी उत्पादन गरिने भएको छ।

जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएकाले डिभिजन वन कार्यालयले खेती विस्तारका साथै पुराना जडीबुटी संकलन गर्ने कार्यक्रम अघि बढाएको हो। जिल्लाका उच्च पहाडी क्षेत्रमा जडीबुटीको राम्रो सम्भावना देखिएपछि यो कार्यक्रमलाई चालु आर्थिक वर्षदेखि प्रभावकारी रूपले सञ्चालन गर्न थालिएको डिभिजनल अधिकृत दधिलाल कँडेलले जानकारी दिए।

उनका अनुसार यो वर्ष ५० हजार विभिन्न प्रजातिका जडीबुटीका बिरुवा रोपिने भएको छ। जिल्लाका शालिजा, लेखफाँट, क्याङ, भुकताङ्ले, धाइरिङ, भोक्सिङ, होश्राङ्दी, आर्थरडाँडाखर्क, चित्रेलगायत हम्पाल, पञ्चासे र गोल्ड्याङका जंगलमा व्यावसायिक जडीबुटी खेती विस्तार गरिने भएको हो। जिल्लाका ६१ वडामा जडीबुटीको खेती गर्न सकिने भए पनि ती स्थानलाई मुख्य क्षेत्रकै रूपमा उक्त खेती विस्तार गर्ने गरी कार्यक्रम शुरु गरिएको कँडेलले बताए।

यस वर्ष लोठसल्ला, टिमुर र तेजपातका बिरुवा रोपिने छ। जडीबुटी उत्पादन, खेती विस्तार, भण्डारण, प्रशोधन र बजारीकरणका लागि सहकारी, सामुदायिक संघसंस्था, सामुदायिक वनलगायतसँग प्रस्तावसमेत गरिएको कार्यालय प्रमुख कँडेलले जानकारी दिए।

जडीबुटी सङ्कलन गरी प्रशोधनका लागि प्रत्येक क्षेत्रमा १५ रुपैयाँ लाखसम्मको लागतमा प्रशोधन केन्द्र सञ्चालन गर्न लागिएको वन डिभिजन कार्यालयले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।