पिनासका लागि उपयोगी : जलनेती उपचार विधि
जलनेती भनेको प्राकृतिक तरिकाबाट नाकको नेजल प्यासेज सफा गर्ने एक उपचार विधि हो । यो पिनासका लागि अत्यन्त लाभदायी मानिन्छ । पिनास भनेको हाम्रो अनुहारमा भएको खोक्रो भाग हरुमा फोहोर जमेर हुने समस्या हो । जलनेतीले यो हाम्रो खोक्रो भागमा जमेर बसेको फाहोरलाई बाहिर निकाल्न मद्दत गर्छ । पिनासको समस्या धेरै रुघाखोकी लागिरहने, नाक,कान घाँटीमा संक्रमण भएमा, धुलो धुँवा आदीले गर्दा हुने गर्छ । कसैकसैलाई फ्रिजका खानेकुराले पनि पिनास बढाउने गर्छ ।
जलनेती गर्दा जलनेतीको भाँडामा मनतातो पानी र थोरै नुन राखेर एउटा नाकको प्वालबाट पानी राखी अर्को नाकको प्वालबाट निकालिन्छ । यसमा बिरामीले सही तरिकाले यो विधि अपनाउनुपर्छ । यसो गर्दा मनतातो पानीले हाम्रो नाकको अनुहारको खोक्रो भागमा जमेको फोहोरलाई बाहिर निकाल्न मद्धत गर्छ । जसले गर्दा बन्द भएको नाक खुल्छ र बिरामीले श्वासप्रश्वासमा सहज महशुस गर्छन ।
पिनासको समस्या भएकाले दैनिक बिहान एकपटक र सामान्य ब्यक्तिले पनि सातामा एकपटक जलनेती गर्न सकिन्छ । यसले गर्दा पानी भए बाहिर आउँछ । चिकित्सककाे सल्लाह भने लिन जरुरी हुन्छ। जलनेती गरेपछि प्राणायम गर्नु राम्रो मानिन्छ । चिकित्सकले पनि त्यही सल्लाह दिन्छन। यसरी प्राणायम गर्दा कहिलेकाही नाकमा पानी छुटेको भए पनि यसले बाहिर निकाल्न मद्दत गर्छ । यसो गर्दा शरीरलाई बढी फाइदा पुग्छ।
नाकमा मासु पलाएकाहरुलाई पनि जलनेती असाध्यै लाभदायी हुन्छ। यस्ता ब्यत्तिले नियमित जलनेती गरेमा यो समस्या कम हुँदै जान्छ । पिनास हुँदा टाउको दुखिरहने, टाउको भारी हुने, हेर्न गाह्रो हुने, नाक बन्द हुने, अनुहार नै दुख्ने हुन्छ । यसले शरीर नै स्फुर्त हुँदैन। हुनत औषधि पनि छन् तर औषधिले ठीक भए पनि जरै देखि उपचार गर्ने विधि भनेको जलनेती नै हो । यसको कुनै पनि साइड इफेक्ट छैन । र आफैले घरमै गर्न सकिन्छ । सजिलो विधि पनि हो । अझ जलनेती पिनासका बिरामीका लागि अचुक उपचार विधि नै हो भन्दा पनि हुन्छ ।
शुरु शुरुमा अस्पतालमा प्राकृतिक चिकित्सकसँग गएर सिकेर पछि घरमै गर्दा हुन्छ । आजभोली हरेक प्राकृतिक अस्पतालमा यो विधिद्धारा उपचार गर्ने गरिन्छ । जसलाई पिनासको समस्या छ उहाँहरुले प्राकृतिक चिकित्सकको सल्लाह बमोजिम यो सेवा लिंदा निकै लाभ हुन्छ





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’