Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पुदिना खाने गर्नुस्, पाउनुस् यस्ता फाइदा

पुदिना खाने गर्नुस्, पाउनुस् यस्ता फाइदा

हेल्थ टिभी अनलाइन : दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ४–५ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच हुँदैन। पेट फुल्ने वा अजीर्ण हुने समस्यामा पुदिनाको २ चम्चा रसमा अलिकति विरेनुन राखी मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ।

पुदिनाको पात पानीमा पकाउने, पानी सुकेर रहेको चौथाइ मात्रालाई नियमित बिहान पिउँदा पेटको दुखाइमा आराम मिल्छ। पुदिनाको पात पानीमा पकाएर पिउँदा दम र खोकीमा फाइदा पुग्छ। घाँटी बढी खसखस भएर खोकी लागेमा पनि पुदिनाको रसले फाइदा पुग्छ। पुदिनाको ताजा वा सुकेको पात चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा औषधिजस्तै काम गर्छ।

कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पात राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ।

सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस भएको छ भने पुदिनाको पात माडेर केहीबेर सुँघाइदिँदा होश आउँछ। आधादेखि २ चम्चा पुदिनाको रस पानीमा मिसाई खान दिँदा ज्वरो घट्छ।

मुख सफा राख्न तथा दुर्गन्ध हटाउन पुदिनाले ठूलो सहयोग गर्छ। पुदिनाको पातलाई थोरै नुन राखेको पानीमा १० मिनेटजति उमालेर सेलाएपछि केहीबेर कुल्ला गर्नुपर्छ। यो प्रक्रिया दिनमा दुई पटक नियमित गर्दा केही समयमै फाइदा मिल्छ।

यति मात्र नभई सौन्दर्यका लागि पनि पुदिना उपयोगी छ। छालाको चाउरी हटाएर चम्किलो बनाउन, कपाल झर्नबाट रोक्न, चायाबाट जोगिन पनि यसको प्रयोग गर्न सकिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।