Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यस्ता छन् सयपत्री फूलका औषधीय गुण

यस्ता छन् सयपत्री फूलका औषधीय गुण

हेल्थ टिभी अनलाइन \काठमाडौं : फूलैफूलको चाड तिहार। तिहारमा सर्वत्र हुने फूल हो सयपत्री। हिजोआज त हाइब्रिड प्रविधिबाट बाह्रै महिना यो फूल फुलाइन्छ। तिहारमा घरका झ्यालढोका सजाउन, देवी लक्ष्मीको पूजा गर्न र दिदीबहिनीले दाजुभाइका गलामा लगाइदिन सयपत्री फूलको महत्त्व छ।

स्वास्थ्यरक्षाका लागि पनि सयपत्री उपयोगी मानिन्छ। यी हुन् सयपत्री फूलबाट लिन सकिने फाइदाहरू:

–सयपत्री फूललाई सुकाएर चियाका रूपमा प्रयोग गर्दा पेटसम्बन्धी विभिन्न रोगजस्तै ग्यास्ट्रिक, अल्सर, पेटमा एसिड बढेको निको हुन्छ।

–सयपत्री फूललाई सुकाएर पिसेर लगाउनाले अनुहार सफा हुन्छ। अनुहारमा आएका घाउ खटिरा पनि निको हुन्छ।

–आँखा र छालामा हुने विभिन्न समस्यामा सयपत्रीले औषधिको काम गर्छ।

–सुकेको सयपत्री फूललाई तातोपानीमा हालेर नियमित पिउनाले मुखको घाउ बिसेक हुन्छ।

–सयपत्रीलाई उमालेर पिउनाले रुघाखोकी र ज्वरो ठिक हुन्छ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।