यस्ता छन् सयपत्री फूलका औषधीय गुण
हेल्थ टिभी अनलाइन \काठमाडौं : फूलैफूलको चाड तिहार। तिहारमा सर्वत्र हुने फूल हो सयपत्री। हिजोआज त हाइब्रिड प्रविधिबाट बाह्रै महिना यो फूल फुलाइन्छ। तिहारमा घरका झ्यालढोका सजाउन, देवी लक्ष्मीको पूजा गर्न र दिदीबहिनीले दाजुभाइका गलामा लगाइदिन सयपत्री फूलको महत्त्व छ।
स्वास्थ्यरक्षाका लागि पनि सयपत्री उपयोगी मानिन्छ। यी हुन् सयपत्री फूलबाट लिन सकिने फाइदाहरू:
–सयपत्री फूललाई सुकाएर चियाका रूपमा प्रयोग गर्दा पेटसम्बन्धी विभिन्न रोगजस्तै ग्यास्ट्रिक, अल्सर, पेटमा एसिड बढेको निको हुन्छ।
–सयपत्री फूललाई सुकाएर पिसेर लगाउनाले अनुहार सफा हुन्छ। अनुहारमा आएका घाउ खटिरा पनि निको हुन्छ।
–आँखा र छालामा हुने विभिन्न समस्यामा सयपत्रीले औषधिको काम गर्छ।
–सुकेको सयपत्री फूललाई तातोपानीमा हालेर नियमित पिउनाले मुखको घाउ बिसेक हुन्छ।
–सयपत्रीलाई उमालेर पिउनाले रुघाखोकी र ज्वरो ठिक हुन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य