शिशुलाई जण्डिस हुँदा आमाले खाना बार्नु पर्दैन

नवजात शिशु जण्डिसको भ्रम र वास्तविकता

शिशुलाई जण्डिस हुँदा आमाले खाना बार्नु पर्दैन

पहेँलोपना, जण्डिस वा कमलपित्तको समस्या लिएर धेरै अभिभावक बालरोग विशेषज्ञ वा चिकित्सकलाई भेट्न आउँछन्। भर्खरै जन्मेका शिशुहरूका बाआमालाई सबैभन्दा बढी पिरोल्ने कारण पनि यही हो र जण्डिसबारेमा हाम्रो समाजमा धेरै भ्रम व्याप्त छन् र यो लेखमा जण्डिसका कारण, यसका प्रकार, यसका कारण शिशुलाई हुनसक्ने नोक्सानी र उपचारका पद्धतिहरूबारे चर्चा गरिएको छ।

कसरी हुन्छ नवजात शिशुहरूमा जण्डिस?

समय पुगेर जन्मेका ६० प्रतिशत शिशुहरुमा जन्मेको एक हप्तासम्म आँखाले देखिनेगरी जण्डिस हुन सक्छ र यसमध्ये अधिकांशको जण्डिस आफैँ हराएर जान्छ भने करिब ५ \१० प्रतिशत शिशुहरूको मात्र जण्डिस उपचार गर्नुपर्ने खालको हुन्छ ।

नवजात शिशुहरूमा जण्डिस हुने दुई मुख्य कारणहरु छन्। भ्रूण अवस्थामा रहँदाका रक्तकोशिकाहरू शिशुको जन्मपश्चात् वयस्क रक्त कोशिकाहरूद्वारा प्रतिस्थापित हुन्छन्।

यस्तो बेलामा उत्पन्न हुने बिलिरुबिन नामक तत्त्वको निष्कासनको प्रकृया ढिलो भई रगतमा अत्यधिक मात्रामा जम्मा हुँदा शिशुको शरीरमा पहेँलोपना देखिन्छ।

सामान्य वा कडा जण्डिस ?

तपाईँको शिशुलाई भएको जण्डिस सामान्य हो वा कडा भन्ने बुझ्नु जरुरी हुन्छ। यदि जन्मेको २४ घण्टापछि जण्डिस देखा पर्छ र शिशुको हत्केला र पैतालासम्म फैलिएको छैन, शिशुले आमाको दूध राम्रोसँग खान सक्छ र उसलाई अरु कुनै किसिमको जटिलता ( कम्पन, कोखा हान्ने, श्वास छिटो फेर्ने, खाएको सबै बान्ता गर्ने, शरीरमा धेरै पिप भरिएका फोकाहरु वा शितांग) छैन भने यो सामान्य खालको जण्डिस हो।

यदि जन्मेको २४ घण्टापछि जण्डिस देखा पर्छ र शिशुको हत्केला र पैतालासम्म फैलिएको छैन, शिशुले आमाको दूध राम्रोसँग खान सक्छ र उसलाई अरु कुनै किसिमको जटिलता ( कम्पन, कोखा हान्ने, श्वास छिटो फेर्ने, खाएको सबै बान्ता गर्ने, शरीरमा धेरै पिप भरिएका फोकाहरु वा शितांग) छैन भने यो सामान्य खालको जण्डिस हो।

यदि जन्मिएको २४ घण्टाभित्रै देखा परेको छ वा हत्केला र पैतालासम्म फैलिएको छ, साथै माथि भनिएको जटिलताका लक्षण देखिएका छन् भने यो कडा जण्डिस हो र यसको व्यवस्थापन तुरुन्त गर्नु पर्दछ।

कसरी गर्ने व्यवस्थापन?

सामान्य जण्डिस हो भन्ने कुराको यकिन छ भने, यसको उपचार घरमै सम्भव छ र आमाले शिशुलाई धेरै पटक केवल स्तनपान मात्र गराउनु पर्छ। अरु थप आहारा केही पनि दिनु हुँदैन र आमाको दूधले नै जण्डिसलाई चाँडो निको पार्ने क्षमता राख्छ, कुनै पनि औषधि आवश्यक पर्दैन र तर जण्डिस झन् गाढा भयो वा हत्केला र पैतालासम्म फैलियो भने तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्छ। पहिले सल्लाह दिने गरिएको सूर्यको प्रकाशमा राखेर जण्डिस कम हुने कुराको वैज्ञानिक पुष्टि छैन।

कडा जण्डिस भएको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानु पर्छ, जहाँ रगतमा बिलिरुबिन (जण्डिस) को मात्रा हेरी उपचारको आवश्यक विधि छनोट गरी जण्डिस निको पार्न सकिन्छ। हाल नेपालका अधिकांश जिल्ला अस्पतालहरू जण्डिसको उपचार गर्न सक्षम छन् र यसको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाएको छ।

के गर्ने, के नगर्ने ?

हाम्रो समाजमा जण्डिसका बारेमा थुप्रै भ्रमहरु छन्, जसका कारण आमा र नवशिशुलाई हानि पुर्याउन सक्छ। आमाले चिल्लो, मासु, अनि बेसार खादा शिशुलाई जण्डिस हुन्छ भन्ने गलत धारणा छ। यसका कारण आमाहरुलाई धेरै कुरा बार्न लगाइन्छ र फलस्वरूप आमाको दूध जसमा, जण्डिस निको पार्ने गुण हुन्छ, त्यसको उत्पादनमा यसले प्रत्यक्ष असर पार्छ। अनि जण्डिस निको हुन झन् समय लाग्छ।

आमाको दूध खान नपाउँदा शिशुलाई अरु संक्रामक रोगहरुले समात्ने सम्भावना बढ्छ र त्यसैले आमाको दूध उत्पादनमा असर पार्ने कुनै पनि क्रियाकलाप गर्नु हुँदैन र जण्डिस लागेपछि आयुर्वेदिक औषधिको प्रयोग पनि अत्यधिक मात्रामा गरेको पाइन्छ र वास्तविकता त के हो भने, जण्डिस भएको बेला कलेजोलाई काम गर्न गाह्राे भइरहेको हुन्छ। यस्तो बेलामा आयुर्वेदिक औषधि जसमा कडा धातुहरू हुन्छन्। यिनले कलेजोलाई थप समस्यामा पार्छन्।

नवजात शिशुहरुलाई हुने जण्डिस समयमै पहिचान गरी उचित व्यवस्थापन गरियो भने यसबाट शिशुलाई कुनै किसिमको जटिलता हुँदैन,तर अझै पनि हाम्रो समाजमा यसका बारेमा व्याप्त गलत धारणा र उपचारपद्धतिमा लाग्दा यसले शिशुको मस्तिष्कमा नराम्रो असर पार्दछ। परिणामस्वरूप शिशुको मृत्यु हुने वा जीवनभर अपांग पनि हुन सक्छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा