यसकारण जन्मिनसक्छ समय नै नपुगी बच्चा

गर्भाधान भएको ३७ हप्ताभन्दा अघि नै जन्म हुने नवजात शिशुलाई ‘प्री म्याच्ओर’ भनिन्छ। यसरी समयअगाडि नै जन्म हुने शिशुको संख्या विश्वभर १ करोड ५० लाख छ। यो संख्या हरेक वर्ष बढ्दै छ।
पाँच वर्षमुनिका बालबालिकाको मृत्युको कारणमध्ये निमोनियापछिको याे दोस्रो प्रमुख कारण हो भने नवजात शिशु मृत्युको प्रमुख कारण हो।
समय अगाडि नै शिशु जन्मिनुका कारणहरू
गर्भाशयमा धेरै बच्चा रहनु(एक भन्दा बढी बच्चा),
भ्रूणमा गर्भाशयमा नै समस्या हुनु,
प्रजनन् अङ्गको संक्रमण,
गर्भावस्थामा रक्सी, चुरोट वा अन्य हानिकारक औषधि सेवन गर्नु,
गर्भावस्थामा मधुमेह, उच्च रक्तचाप वा अन्य दीर्घरोग हुनु।
साधारणतया जति पहिले र जति कम उमेरमा शिशुको जन्म हुन्छ, त्यति नै धेरै समस्याहरु हुने सम्भावना हुन्छ।
प्री म्याच्ओर बच्चामा के–के समस्या हुन सक्छ?
चिसोपना(हाइपोथर्मिया),
श्वासप्रश्वासको समस्या (रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रम),
रगतमा चिनीको मात्राको कमी(हाइपोग्लाइसेमिया),
श्वासप्रश्वास रोकिने,
दिमागमा रगत बग्ने,
खानानलीमा समस्या,
पहेँलोपना (जण्डिस),
यसका साथै मुटु, मृगौला लगायत अन्य अंगको समस्या देखिन सक्छ।
प्री म्याच्ओर जन्मको उपचार
समयअगावै शिशुको जन्म हुने लक्षण देखिएमा सो शिशुको जन्म उपचार कक्षको उचित व्यवस्था भएको अस्पतालमा गर्दा उचित हुन्छ। सो शिशुहरुलाई निम्न उपचार विधि प्रयोग गर्नुपर्छ–
तापक्रम व्यवस्थापन
निकै कम तौलको शिशु जन्मिनेबित्तिकै सफा प्लास्टिकले बेरेर राखेमा तापक्रम सन्तुलनमा पुग्छ। यसबाहेक शिशुलाई न्यानो राख्न टोपी, पञ्जा, मोजाका साथै इन्कुबेटर र वारमर जस्ता उपकरणको प्रयोग गर्न सकिन्छ। आमाबुबाको नाङ्गो छातीमा टाँसेर तापक्रम व्यवस्थापन गर्ने कार्य पनि गरिन्छ।
श्वासप्रश्वासको जटिलताको लागि अक्सिजनको साथै श्वासप्रश्वासको सहयोगको लागि अन्य उपकरण जस्तै सीपीएडी, भेन्टिलेटर प्रयोग हुन्छ।
कलिलो फोक्सोको काम गर्ने विशेष औषधि(सरफ्याकट्यान्ट) को आवश्यकता पर्न सक्छ।
पोषणको व्यवस्थापन
कार्बोहाइड्रेट, प्रोटिन र उर्जाको लागी नसाबाट फ्लुड्स, प्रोटिन, अमिनो एसिड र फ्याट दिनु पर्ने हुन्छ।
संक्रमणको लागि एन्टिवायोटिकको प्रयोग गरिन्छ।
जन्डिसका लागि बत्तीबाट सेकाएर उपचार गरिन्छ।
समय अगाडि नै जन्म हुने शिशुमा दीर्घरूपमा देखिने समस्याहरु
आँखामा समस्या– लामो समय सम्म र धेरै अक्सिजन दिन पर्ने हुनाले आँखामा समस्या उत्पन्न हुन सक्छ। त्यसैले यस्ता शिशुहरुको विशेष गरी (३२ हप्ता भन्दा अगाडि र लामो समय गर्भमा रहेका) नियमित आँखाको जाँच गर्नु पर्ने हुन्छ।
दिमागमा असर– यस्ता शिशुहरु सुस्त हुने, सोच्ने\सम्झिने\सिक्ने कुराहरूमा केही समस्या देखापर्ने सम्भावना बढी हुन्छ।
यस्तै वृद्धि विकासमा कमी र श्वासप्रश्वासको समस्या अन्य भन्दा बढी हुन्छ।
रोकथामका उपाय
शिशुको समय अगाडि जन्म हुने लक्षण देखिएमा यस्ता शिशुको उचित व्यपस्थापन भएको अस्पतालमा जन्म गराउनुपर्छ।
शिशु गर्भ अवस्थामा रहँदा नै आमालाई स्टेरोइड र एम्जिएस्ओझ प्रयोग गरेको खण्डमा जटिलताहरू कम हुन्छन्।
गर्भावस्थामा आमाले नियमित जाँच गर्ने, पोषिलो खानेकुरा खानुपर्छ। रक्सी चुरोट र अनावश्यक औषधिबाट टाढै बस्नुपर्छ। कुनै दीर्घ रोग भए त्यसको उचित उपचार गराउनुपर्छ। समय अगाडि नै जन्मिने शिशुको नियमित जाँच गर्ने गर्नुपर्छ।
यस्तै अस्पतालहरूमा प्री म्याच्ओरलार्इ लक्ष्य गर्दै नवजात शिशुको उपचारको विशेष व्यवस्था (तालिम, आपश्यक जनशक्ति, स्राेत साधनको व्यवस्थापन) गर्नुपर्छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै