Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सूर्ती छाेडेर अर्ग्यानिक खेतीमा लागे इण्डाेनेसियाली किसान

सूर्तीखेतीमा भन्दा धानखेतीमा २०% बढी फाइदा

सूर्ती छाेडेर अर्ग्यानिक खेतीमा लागे इण्डाेनेसियाली किसान

बाली : इण्डोनेसियाका पूर्वी क्षेत्रका किसानहरू सूर्तीखेती छोडेर नगदेबाली लगाउन थालेका छन्। सुर्तीखेतीबाट धेरै नाफा नहुने र यसले मानिसको स्वास्थ्यमा असर गर्ने कुरालाई मनन गर्दै उनीहरू यसतर्फ आकर्षित भएका हुन्।

उनीहरूलाई सूर्तीखेतीबाट अन्य खेतीतिर लाग्न प्रेरणा दिने काममा सूर्तीविरुद्धको अभियानमा लागेको अन्तर्राष्ट्रिय संस्था द यूनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

गत साता पूर्वी इण्डोनेसियाका बोन्डोवोसोका किसान आस्नवीले एसिया प्यासिफक कनफरेन्स अन टोबाको अर हेल्थ (अप्याक्ट) सम्मेलनमा आफूले उत्पादन गरेका धानका विभिन्न प्रकार बिक्रीमा राखेका थिए। उनले सूर्ती खेतीबाट जति आम्दानी गर्थे, त्यसको २० गुणा बढी फाइदा धानखेतीमा भएको बताए।

पाँच वर्ष अघि सूर्ती खेती छोडेका उनले भने, ‘पहिले सूर्तीमा त त्यति फाइदा नै थिएन। पुर्खाले गर्दै आएको पेशा भनेर मैले पनि त्यही गर्दै आएको थिएँ। तर अहिले भने म निकै खुशी छु। मेरो परिवार राम्ररी पाल्न सकेको छु।’

‘सूर्तीले हानि गर्छ भन्ने कुरा त थाहा थियो तर बाबुबाजेले गरेको पेशा कसरी छोड्नु भनेर छोड्न सकेको थिइनँ’, उनले भने, ‘तर विभिन्न संघसंस्थाले हामीलाई यसरी अन्य खेतीतर्फ लाग्न सहयोग गर्नुभयो र अहिले मेरो यो खेतीले धेरैलाई काम पनि दिन सकेको छु। राम्रै आम्दानी छ।’

उनीजस्ता अर्का किसान सुकीमन पनि सुर्तीखेती छोडेर कफी खेतीतर्फ लागेको १० वर्ष भइसकेको छ। पूर्वी इण्डोनेसियामा जावामा बस्ने उनले बाबुबाजेले गर्दै आएको सूर्तीखेती छोड्न निकै गाह्रो भएको बताए। ‘तर बिस्तारै मैले यो छोडेर कफीखेती गर्ने निर्णय गरेँं। अहिले त मेरो आम्दानी देखेर अरु किसानहरू पनि सूर्ती खेती छोडेर यो खेतीमा आउन थालेका छन्। मसँग कसरी खेती गर्ने भनेर सल्लाह लिन आउँछन्’, उनले भने, ‘मैले कफी खेतीमा राम्रो गरेपछि राष्ट्रिय अवार्ड पनि पाएँ। यसले मलाई अझ हौसला बढाएको छ।’

उनले अरु किसानलाई पनि सिकाउने गरेका छन्। ‘अझै पनि केही किसानले भने पुरानो खेती छोड्न सकेका छैनन्। तर मलाई लाग्छ, बिस्तारै उनीहरू पनि सूर्तीखेती छोड्छन् होला’, उनले भने।

यी दुई त प्रतिनिधि उदाहरण मात्र हुन्। उनीहरु जस्ता थुप्रै किसानहरू सूर्ती सबैका लागि र सँधै हानिकारक हो भन्ने मनन गर्दै र विभिन्न संघसंस्थाको सहयोगमा यो खेती छोडिरहेका छन्। पहिले आफैँ सूर्ती उत्पादन गर्ने किसानहरू नै अहिले यसविरुद्धको अभियानमा लागेका छन्।

 

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि