कलाकार मदनकृष्णलार्इ गरिएकाे ‘डीप ब्रेन स्टिमुलेसन’ : जटिल शल्यक्रिया

मदनकृष्ण श्रेष्ठ विगत १२ वर्षदेखि पार्किन्सन्सले ग्रसित हनुहुन्थ्यो। उहाँको दायाँ भागमा लक्षण थियो। त्यसैले देब्रे भागमा तार राखेर ‘डीप ब्रेन स्टिमुलेसन’ प्रविधिबाट शल्यक्रिया गरिएको थियो। यो प्रविधिबाट नेपालमा सेवा लिने उहाँ नै पहिलो व्यक्ति हो।
चार वर्षअघि शल्यक्रिया गर्दा एउटा मात्र तार जोडिएको थियो। पुरानै ‘पेसमेकर’मा नयाँ तार जोडेर राखिएको हो। त्यसबेला उहाँलाई राम्रो भएको थियो। सामान्यतया डीप ब्रेन स्टिमुलेसन गर्दा दुवैतर्फ तार राखिन्छ तर उहाँमा त्यतिखेर लक्षण दायाँमा मात्र थियो। बायाँमा थिएन। त्यसकारण तार एकापट्टिको ब्रेनमा मात्र जोडेका थियो। यसपटक हामीले ‘एड अन सर्जरी’ गरेका हौँ। पुरानै पेसमेकरमा नयाँ तार जोडिएको हो।
यो अत्यन्त जटिल शल्यक्रिया हो। ब्रेनको सानो भागमा तार जोड्नुपर्छ। जुन भाग केराउको गेडाजत्रो हुन्छ। त्यसभित्र तार हाल्नुपर्ने हुन्छ। अलिकति दायाँबायाँ भयो भने बिरामी प्यारालाइसिस हुने, आँखामा असर गर्ने जस्ता साइड इफेक्ट हुन सक्छन्। त्यसैले पनि हामी उहाँको केसमा पनि बढी चनाखो थियौँ।
यस्तो सर्जरी अत्यन्त संवेदनशील हुन्छ। तार राख्ने शल्यक्रियामा हामी बिरामीलाई सोध्दै सर्जरी गर्छौँ। यसमा बिरामीलाई बेहोश पारिँदैन। बिरामीलाई कुन चाहिँ बेस्ट भाग हुन्छ अपरेसन टेबलमै थाहा हुन्छ। तल माथि केही भयो भने बिरामी आफैँले पनि भन्छन्।
यस्तो सर्जरी अत्यन्त संवेदनशील हुन्छ। तार राख्ने शल्यक्रियामा हामी बिरामीलाई सोध्दै सर्जरी गर्छौँ। यसमा बिरामीलाई बेहोश पारिँदैन। बिरामीलाई कुन चाहिँ बेस्ट भाग हुन्छ अपरेसन टेबलमै थाहा हुन्छ। तल माथि केही भयो भने बिरामी आफैँले पनि भन्छन्।
मदनकृष्णको केसमा पनि शल्यक्रिया गर्दा उहाँलाई एकपटक मुख बांगिन थालेको थियो। तर हामीले थाहा पायौँ। उहाँले पनि असहज महसुस भएको जानकारी दिनुभयो र हामीले अर्को ‘प्वइन्ट’ रोज्यौँ। बिरामीलाई बेहोश नपारी शल्यक्रिया गर्दा यही फाइदा हुन्छ।
शल्यक्रियापश्चात् केही सावधानीचाहिँ अपनाउनुपर्छ। कहिलेकाहीँ ‘इन्फेक्सन’ हुने सम्भावना हुन्छ। त्यसबाहेक खासै त्यस्तो ‘साइड इफेक्ट’ छैन। मदनकृष्णको पेसमेकरले राम्ररी काम गरिरहेको छ अबको १० वर्षसम्म उहाँको ब्याट्रीले काम गर्छ त्यसपछि भने ब्याट्री फेर्नुपर्ने हुन्छ।
अन्नपूर्ण न्यूरो अस्पतालमा मात्र हामीले ३० जन भन्दाको बढी यही रोगको शल्यक्रिया गरिसकेका छौँ।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights